इष्ट टुरिजम मार्ट सम्पन्न, मेयर तिलक राईद्वारा मार्ट ‘धरान डे’ कै दिन गर्न आग्रह

धरान / धरानमा त्रीदिवसीय इष्ट टुरिजम मार्ट सम्पन्न भएकाे छ । धरान – १२ स्थित पब्लिक हाईस्कुल मैदानमा गत ११ गते सुरु भएको इष्ट टुरिजम मार्ट (व्यापार मेला) २०७८ आज सम्पन्न भएको हाे । समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा धरानका मेयर तिलक राईले आउने वर्षमा नेपाल पर्यटन बोर्डलाई इष्ट टुरिजम मार्ट ‘धरान डे’ कै कार्यक्रममा गर्न आग्रह गरेका छन् ।

मेयर तिलक राईले भने ‘पर्यटकीय नगर धरानमा विभिन्न जातजातीका रहनसहन ,संस्कृती खानपिन सबै ‘धरान डे’ मा झल्काउने गरेका छौ । पश्चिम मुलुक सम्म नेपालको सम्बन्ध आर्थिक र पर्यटकीय हिसाबले जोडिनु खोज्दै छ, पर्यटनहरुलाई धरानको र प्रदेश नं १ को विभिन्न स्थानको अनुभूती दिलाएर सोही समयमा सेवामुखी ढङगले व्यापार गर्न सकिने । ’ उनले भने ‘आत्मसन्तुष्टि नै मुख्य पुँजी हो ’ त्यो समय अलेलि जाडोयाम पनि हो। धरान सजिएको पनि हुन्छ । अलि भिडभाड पनि हुने भएकाले पर्यटनबाट धेरै मात्रामा क्यास कलेक्सन पनि गर्न सकिन्छ ।’

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक हिकमत सिंह ऐरले मेयर राईको कुरामा आफू सहमती र सकरात्मक भएको बताएका थिए । मार्ट संयोजक तथा पर्यटनकर्मी भविषकुमार श्रेष्ठका अनुसार होटल राम्रो व्यवस्थापन नभएको भारतीय पर्यटनको गुनासो थियो । मार्ट भनेको पर्यटन र होटल सँग जोडिएको विषय हो त्यसैले होटल व्यवसायी र पर्यटन व्यवसायीले यस मार्ट बाट केही सिक्नु पर्ने श्रेष्ठको भनाई थियो ।

धरान -१४ का रहेका अत्यधिक धार्मिक महत्व बोकेका बुढासुब्बा, दन्तकाली र पिण्डेश्वरी बाबा धामको दर्शन पछि चतरामा रहेको बराह क्षेत्र मन्दिरको दर्शन गरी भारतीय पर्यटनहरु फर्किएको उनले बताए । प्रत्येक जिल्लाले आफ्नो जिल्लामा भएको प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा अन्य विभिन्न पर्यटकीयस्थलको स्टल राखेर प्रचार लागि राखिएका थिए । नेपाल पर्यटन बोर्डको आयोजना तथा धरान उपमहानगरपालिकाको स्थानीय संयोजनमा भएको मार्टमा छिमेकी मुलुक भारतको विहार, बंगाल, सिक्किम र भुटानका पर्यटन व्यवसायी समेत मार्टको अवलोकन गरेका थिए ।

मुख्यमन्त्री राईले यसअघि उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश नं १ मा पर्यटनका सम्भावनाहरु धेरै रहेका तर, प्रदेश सरकारले ४ सय वटा पर्यटक सम्बन्धी आयोजनाहरुका कार्यक्रम गदाए पनि गण्डकी प्रदेशले जस्तो फड्को मार्न नसकेको बताए । मार्टमा होटल व्यवसायी, ट्राभल एजेन्सीका तथा प्रदेश १ का १४ जिल्लासहित सप्तरी र धनुषाका समेत गरी जम्मा एक सय पर्यटनसँग सम्बन्धित स्टल रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित