सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको संङख्या घट्दै गएकोमा संघिय सांसद जयकुमार राईकाे चिन्ता

धरान / संघिय सांसद जयकुमार राईले सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको संङख्या घट्दै गएकोमा चासो देखाउँदै विद्यालयहरुका शिक्षकहरुलाई यस विषयमा गम्भिर भएर समिक्षा गर्न आग्रह गरेका छन् । आइतबार शिक्षा निकेतन माध्यमिक विद्यालयले आयोजना गरेको नवनिर्मित भवन उद्घाटन तथा छात्रावृती वितरण कार्यक्रमका प्रमुख अतिथिको मन्तव्य राख्दै सांसद राईले साे कुरा बताएका हुन् । कार्यक्रममा उपस्थित विभिन्न विद्यालयका शिक्षकहरूलाई अंगित गर्दे विद्यार्थीहरुको संङख्या घट्दै गएकाे विषयमा आपत्ति जनाउँदै विद्यालयहरुका शिक्षक र व्यवस्थापन समितिले यस विषयमा गम्भिर भएर समिक्षा गर्नुपर्ने बताएका हुन्।

उनले भने ‘ सरकारी विद्यालय पब्लिक र महेन्द्रमा भर्ना गर्ने स्थान पनि छैन् । निकेतन र सदन मावि धरानकै ऐतिहासिक विद्यालय हुन् आज किन यिनै विद्यालयमा विद्यार्थी संङख्या पुरै घटेको छ ? सरकारले कसैलाई धेरै सेवा सुविधा र कसैलाई कम सेवा सुविधा दिएको छ र ? यस्तो दुखद अवस्था कसरी आयो । दिवा खाजा पनि दिएको छ। महिलाहरुलाई प्याडको पनि व्यवस्था गरिएको छ। निः शूल्क शिक्षा प्रदान गरेको छ । भौतिक पूर्वाधारमा के सहयोग गर्नुपर्छ हामीलाई भन्नुहोस् तर, एक पटक गम्भिर भएर विद्यार्थीहरुको संङख्या किन घट्यो छलफल गर्नुहोस्। ’

सांसद राईले चर्को स्वरमा भने ‘याद राख्नुहोस् कम विद्यार्थी पढाउँदा तलब आईहाल्छ भन्ने नसोच्नुहोस् तपाईहरुको दरबन्दी पनि काटिन्छ, विद्यालय मर्च हुन्छ अनी शिक्षकहरु बेरोजगारी बस्नु पर्ने दिन आउँछ । सरकारले तपाईहरुलाई तेतिकै तलब दिएको छैन् जनताको प्रत्यक्ष र अप्रत्यक्ष करको हिंस्सा जोडिएको छ । जनप्रतिनिधीको पेन्सन आउँदैन तर, शिक्षको आउँछ त्यसैले शिक्षक अब जनताप्रति सचेत र सजक हुनुपर्छ । ’

‘हाम्रो पालामा कुखुरा बेचेर,खसी बेचेर पढ्नु पर्थ्यो अहिले शिक्षा निशुल्क छ । पहिला हामीले राजा रानीका गुणगान गाउने खालका किताब पढ्नु पर्थ्यो । हावाहुरीको डर हुन्थ्यो अहिले बिजुली बत्ति र पंखा छ सुरक्षित भवन छन्। लोकतान्त्रिक र गणतान्त्रिक वर्तमान सरकारले व्यवहारिक र रोजगारको सुनिश्चित भएको शिक्षा घर आगँनमा ल्याएको छ । तर, विद्यालयमा पहिला हजारौ संङख्यामा हुने विद्यार्थी किन सयमा छरेका छन् तपाईहरुले किन मनन गर्नु भएन?’ राईले भने ।

विद्यार्थी संङख्या घट्नुमा शिक्षा कस्तो प्रदान गरिएको, शिक्षक कस्ता राखिए र प्रध्यानाध्यापकले कतिको कडा गरेको छ ? व्यवस्थापक समितीले के गरिरहेको छ त्यस कुराले महत्व राख्छ । अहिले मानिसहरु गरगहना भन्दा पनि मोबाइल बोकेर हिडँछन् त्यो मोबाइल के ले बनायो ? यहीँ शिक्षाले बनायो । ६५ जनालाई आरामका साथ बोक्ने सबारीसाधन कस्ले बनायो ? त्यहीँ शिक्षाले बनायो । बिज्ञान प्रविधीकाे युगमा हामी लम्केका छौँ त्यसैले शिक्षा जस्तो पवित्र र संवेदनशील स्थानमा बसेर कुर्सी ओगट्ने र दाम लिने मात्र हैन् काम पनि गर्दे लैजानु सरकारले सहयोग गर्ने कुरामा जाेड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित