संघिय सांसद जयकुमार राईद्वारा निकेतन माविको भवन उद्घाटन

धरान / संघिय सांसद जय कुमार राईको प्रमुख अतिथिमा धरान २ स्थित श्री शिक्षा निकेतन माविको भवन उद्घाटन गरिएकाे छ । आइतबार विद्यालयले आयोजना गरेको नवनिर्मित भवन उद्घाटन तथा छात्रावृती वितरण कार्यक्रमका प्रमुख अतिथि तथा संघिय सांसदले निकेतनमा बनेको नयाँ भवनको उद्घाटन गरेका हुन् । २०७७ साल मंसिर १७ गते सो भवनको शिलान्यास पनि सांसद राईले नै गरेका थिए ।

सांसद राईले श्री शिक्षा निकेतन माविलाई तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत सामुदायिक पूर्वाधारका लागि ३० लाख प्रदान गरेका थिए । सोही रकमले विद्यालयले भवन तयार गरेको हो । उद्घाटन गरिएको भवन दुईवटा तला रहेकाे छ पहिलो तलामा चार काेठा रहेका छन् भने दोस्रो तलामा एक सभाहल र दुई कोठा रहेका छन्।

धरानमा २०१० सालमा स्थापना भएको विद्यालयमा हाल प्राविधिक व्यवस्थापक, र मानविकी संकायमा अध्ययन गराइन्छ । पछिल्लो समय विद्यालयमा विद्यार्थीको चाप बढेको र भौतिक संरचनाको अभाव रहेकाेले आफूले विद्यालयलाई आफ्नो कार्यकालमा सहयोग गरेको सांसद राईले बताए । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुलाई दाता छात्रावृती अन्तर्गत ४३ जना विद्यार्थीहरुलाई ४५ हजार ५ सय प्रदान गरिएको थियो । धरानका स्वर्गीय मेयर तारा सुब्बा स्मृती छात्रावृती अन्तर्गत ५ जना विद्यार्थीहरुलाई २५ हजार प्रदान गरिएको थियो ।

२०३६ एसएलसी ब्याच छात्रावृती अन्तर्गत ११ जनालाई १० हजार ५ सय प्रदान गरिएको थियो । यस्तै, स्वर्गीय अवछरा बुढाथोक िस्मृती प्रोत्साहन छात्रावृती अन्तर्गत ६ जनालाई १४ हजार गरी जम्मा १ लाख १२ हजारको नगद छात्रावृती प्रदान गरिएको विद्यालयमा प्रध्यानाध्यापक उमेश गुँरागाईले जानकारी दिए । नवनिर्मित भवन उद्घाटन तथा छात्रावृती वितरण कार्यक्रमका विद्यालयका पूर्व प्रध्यानाध्यापक कमल पोखरेल लगायत छात्रावृती दाता पूर्व विद्यार्थी, समाजसेवी तथा जनप्रतिनिधीहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित