भक्तपुरको दधिकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

भक्तपुर / भक्तपुरको सूर्यविनायक नगरपालिका–१ स्थित दधिकोट विरुवामा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थासँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले एकदिने शिविर सञ्चालन गरेको हो ।

दधिकोट इङ्गिलस सेकेण्डरी स्कूलमा सञ्चालित शिविरमा ९६५ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १७२ जनाको रक्त परीक्षण, १६८ जनाको भिडियो एक्सरे र १२३ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

त्यस्तै ३२ जनाको दाँत उखेलिएको छ । शिविरमा उपचार सम्भव नभएका ४१ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

डा.सुनिल शर्माको प्रवेशसँगै केएमसीले गतबर्षदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित