भक्तपुरको नंखेलमा केएमसीको नि:शुल्क स्वास्थ्य शिविर

भक्तपुर / भक्तपुरको सूर्यविनायक नगरपालिका–९ स्थित नंखेलमा आइतबार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुरसँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

नंखेल स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा ८६३ जना बिरामीको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १७५ जनाको रक्त परीक्षण, १८९ जनाको भिडियो एक्सरे र १२७ जनाको इसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

दाँतमा समस्या भएर शिविरमा आएका २७ जनाको दाँत उखेलिएको छ । त्यस्तै शिविरमा उपचार सम्भव नभएका ३२ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि केएमसीले बिभिन्न जिल्लामा पुगेर नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित