धरानमा ‘इष्ट टुरिजम मार्ट’ हुँदै

धरान / २०१८ र २०१९ आयोजना भएर रोकिएको इष्ट टुरिजम मार्ट २०७८ सुनसरीको धरान – १२ को पब्लिक हाईस्कुल मैदानमा यही चैत ११, १२ र १३ गते हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना तथा धरान उपमहानगरपालिकाको स्थानीय संयोजनमा प्रदेश १ कै पर्यटकीय सुन्दर शहर धरानमा मार्ट (व्यापार मेला) को आयोजना हुन लागेको आइतबार सन्ध्या इन होटलमा पत्रकार सम्मेलन गर्दे जानकारी दिइएको हो ।

हाईस्कुल मैदानमा हुने मार्टमा होटल व्यवसायी, ट्राभल एजेन्सीका तथा प्रदेश १ का १४ जिल्लासहित सप्तरी र धनुषाका समेत गरी जम्मा एक सय पर्यटनसँग सम्बन्धित स्टल रहने धरानमा सोमबार गरिएको पत्रकार सम्मेलनमा मार्ट संयोजक तथा पर्यटनकर्मी भविषकुमार श्रेष्ठले जानकारी दिए । प्रत्येक जिल्लाले आफ्नो जिल्लामा भएको प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा अन्य विभिन्न पर्यटकीयस्थलको स्टल राखेर प्रचार गर्नेछन् ।

गतद्वारको गेटबाट पर्यटकलाई भव्य स्वागत गरिने

कार्यक्रमको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले गर्ने कार्यक्रम तय गरिएको छ । पहिलो दिन भारतीय पर्यटकहरुलाई काँकडभिटा र इलामको स्वागतद्वारका गेटबाट स्वागत गर्दे गर्दे ल्याइने छ । यसका साथसाथै साइकल र्याली समेत हुने छ ।

साइकलयात्रीहरुबिच नेपालको र भारतको झन्डा साटासाट समेत हुने छ । यस्तै, मार्टमा सांस्कृती झाँकी हुनुका साथै रातको समयमा नाम चलेका राष्ट्रिय कलाकारको समेत प्रस्तुती रहने छ । दोस्रो दिन बिहान मठमन्दिर दर्शन गराउनुका साथै, प्रवचन पनि सुनाइन्छ भने पर्यटकहरुलाई होमस्टे ( घरबास) को अनुभव समेत गराइने छ । तेस्रो दिन बराहक्षेत्र मन्दिरको दर्शन गराइने छ भने कोशीमा बोटिङ गराएर पर्यटकलाई गन्तव्य सम्म पठाउने आयोकले जनाएको छ ।

साथै, छिमेकी मुलुक भारतका विहार, बंगाल, सिक्किम र भुटानका एक सय जना पर्यटन व्यवसायीलाई मार्टको अवलोकन गर्न आउनका लागि निमन्त्रणा गरिएको संयोजक श्रेष्ठले बताए । यसका लागि भारतको पूर्णिया, कटियार, किशनगञ्ज, सिलीगुडी, गान्तोक र भुटानको जयगाउँ पुगेर मार्टको प्रचार गरिएको समेत उनले जानकारी दिए ।

एक नम्बर प्रदेशका १४ जिल्लाको विभिन्न पर्यटकीय गन्तव्यको एकै थलोमा प्रदर्शनी र त्यसका लागि प्राप्त हुने सेवा सुविधाको बिक्री तथा पर्यटनको क्षेत्रमा यहाँका निजी क्षेत्रले मार्टमा आफ्नो सेवा प्याकेजको आकर्षक ढंगले प्रस्तुति गर्नका लागि मार्टको आयोजना गरिएको मार्टका प्रवक्ता तथा पर्यटन व्यवासायी वासुदेव बरालले बताए ।

कार्यक्रम अवधिभर क्रेता र विक्रेताबीच ‘बि टु बि’ –विजिनेश टु विजिनेश) बि टु सी कार्यक्रम जम्मा ५० लाखको लागतमा हुने आयोजकको भनाई छ । मार्टलाई भव्य बनाउन धरान जेसिसले समेत सहयोग गर्ने जनाइएको छ । मार्ट अवधिभर सोही मैदानमा जातीय परिकार र होटल म्यानेजमेन्ट अध्यापन हुने कलेजहरुले आधुनिक परिकार रहने फुड फेष्टिबल आयोजना गर्ने छन्। पर्यटकहरुलाई इटहरी , धरान र भेडेटारका विभिन्न होटल हरुमा बास बसाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित