सेवन अभियानले धरानमा शनिबार ‘एग्रो ट्रेल’ गर्ने

धरान / सेवक अभियान धरानले आउने शनिवार २८ गतेका दिन एग्रो टुरिजमलाई प्रर्वद्धन गर्ने उदेश्यका साथ ‘एग्रो ट्रेल’ गर्ने भएको छ । आज ( मंगलवार ) सिंहदेवी मन्दिरको प्राङगढमा पत्रकार सम्मेलन गरी आन्तरिक तथा बार्हय पर्यटनलाई प्रर्वद्धन गर्ने उदेश्यका साथ ‘एग्रो ट्रेल’ गर्ने जानकारी गराएको हो ।

‘जाति ,धर्म, समूह, सम्प्रदाय भन्दा पहिले मानव बन्ने प्रण गरौं ’ भन्ने नाराका साथ यस सामाजिक संस्थाले स्वास्थ्यका लागि पदयात्रा कार्यक्रम गर्दे आएको छ। स्वास्थ्यका लागि पदयात्रा कार्यक्रम २ सय औँ सप्ताहमा प्रवेश भएकाले सोही अवसरमा ‘एग्रो ट्रेल’ गर्नु लागिएको संस्थाका अध्यक्ष राजिब हलुवाईले जानकारी दिए ।

हलुवाईका अनुसार कार्यक्रम सिंहदेवीबाट बिहान ६ बजे सुरु हुनेछ भने कार्यक्रममा ५ सय जनाको सहभागिता हुने छन्। कार्यक्रमको प्रमुख अतिथिको रुपमा प्रदेश नं १ का मुख्य मन्त्री राजेन्द्र राईको उपस्थित रहनेछ । साथै, कार्यक्रममा प्रदेश १ का यातायात व्यवस्था तथा संचार मन्त्री उपेन्द्र घिमिरे, कृषि मन्त्री झलक सिंह दर्नालको समेत उपस्थित रहने छ ।

एग्रो ट्रेल अन्तरर्गत अग्र्यानिक क्षेत्रमा उत्पादन हुने ठाउँको प्रत्यक्ष अवलोकन हुने छ भने उत्पादन भएका बस्तुहरु बिक्री हुने होलसेल तथा खुद्रा स्थान बजारको समेत प्रत्यक्ष अवलोकन हुने छ । २ सय औँ पदयात्राको ९ २ किलोमिटरको रुट तय गरिएको छ । सिंहदेवीबाट सुरु भएको पदयात्रा दन्तकाली मन्दिर , विजयपुर, बसन्तटार, सानटार, दानाबारी र अन्य धरानका स्थानको पैदैल यात्रा हुनेछ । बसन्तटार दानाबारीमा उत्पादन भएका अग्र्यानीक सागसब्जी खपत हुने धरानको कृषी बजारमामा पुगेर पुन : सिंहदेवीमा आएर सम्पन्न हुनेछ । पत्रकार सम्मेलनमा संस्थाले स्वास्थ्यका लागि २ सय पदयात्रा लेखिएको टिसर्ट समेत सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित