नेपाल पब्लिक क्याम्पस सङ्घकाे चाैथाे प्रदेश अधिवेशन सम्पन्न

माेरङ / माेरङकाे सुन्दरहरैंचा स्थित सुकुना बहुमुखी क्याम्पसमा भएको नेपाल पब्लिक क्याम्पस सङ्घकाे चाैथाे प्रदेश अधिबेशनले रमेश राेक्काकाे संयोजकत्वमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

अधिबेशनले सहसंयाेजक यज्ञराज गिरी, सचिवमा दाेर्णबहादुर न्याैपाने, सहसचिव उद्दव शर्मा, काेषाध्यक्ष केशव अधिकारीलाई चयन गरेको हाे । यस्तै गरि सदस्यहरू टीकाराम गुरूङ, लक्ष्मीप्रसाद उप्रेती, माधव प्याकुरेल, प्रदिप फुयाल, कुमार पराजुली,गिता अधिकारी, बैधप्रसाद चाैलागाई, पुष्पलाल ढकाललाई चयन गरेकाे छ ।
पब्लिक क्याम्पस सङ्घकाे खुल्ला सत्रकाे कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राई थिए । उनले सामुदायिक क्याम्पसका बारेमा उठेका सवालहरूमा सकारात्मक भएको र यसलाई समाधान गर्न सरकारकाे तर्फबाट सहयोग गर्ने बताए । राई गाउँका जनतालाई शिक्षा दिने यस्ता पब्लिक क्याम्पसका विद्यार्थीकाे उन्नयन गर्न आफू सधै सहयोग गर्ने प्रतिवध्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा डा. टाेलनाथ काफ्लेले उच्च शिक्षा र प्रदेश नं १ मा सामुदायिक क्याम्पसहरूकाे अवस्था विषय कार्यपत्र प्रस्तुत गरेका थिए । साे विषयमा सरकार सँग राखिएको अपेक्षाका विषयमा संगै बसेर समाधान खाेज्ने उनले उल्लेख गरे । डा. काफ्लेले औपचारिक शिक्षा प्रणाली, शिक्षा सम्बन्धि आयाेगहरू र तीनले गरेका उच्च शिक्षा सम्बन्धि व्यवस्था, नेपालमा विश्वविद्यालयकाे वर्तमान अवस्था, त्रिभुवन विश्वविद्यालयकाे अवस्था, प्रदेश १ मा सामुदायिक क्याम्पसहरूकाे अवस्था, सामुदायिक क्याम्पस प्रति राज्यकाे चासाे, सामुदायिक क्याम्पसले भाेग्नुपरेका अवस्था लगायत विषयहरू समेटी कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै नेपाल पब्लिक क्याम्पस सङ्घ नेपालका अध्यक्ष शिवराम सन्जेलले अब पब्लिक क्याम्पसलाई प्रदेश सरकारले हेर्नुपर्ने बताए । उनलेे उच्च शिक्षा ऐन नहुँदा अप्ठ्यारो अवस्था आएकाे उल्लेख गरे । यस्तै पब्लिक क्याम्पस केन्द्रीय निवर्तमान अध्यक्ष भाेला ओझाले काेभिडका कारण शिक्षा क्षेत्र तहसनहस भएको बताए । उनले भने आज शिक्षक सेवा, लाेक सेवा जस्ता परीक्षामा धेरै विद्यार्थी फेल हुने गरेकाले अहिले शिक्षा कस्तो छ भन्ने विषयमा ध्यानाकर्षण हुन जरुरी रहेको बताए । अबकाे शिक्षा नाेकर नभएर मालिक बनाउने तथा संस्कार ,ज्ञान ,सिप र राेजगारी सिर्जना गर्न सक्ने विश्वविद्यालय मूलुकलाई आवश्यक रहेको उनले बताएका थिए । प्रदेश १ मा ८७ वटा पब्लिक क्याम्पसहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित