नुवाकोटमा काठमाडौं मेडिकल कलेजले गर्यो निःशुल्क स्वास्थ्य शिविर

नुवाकोट / नुवाकोटमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र हाम्रो मदानपुर युवा क्लव बेलकोटगढी नगरपालिका–१२ को सहकार्यमा एक दिने निःशुल्क शिविर सञ्चालन गरिएको हो ।

भृकुटी माध्यमिक विद्यालय बेलकोटगढीमा भएको शिविरमा ११०३ जना बिरामीको निःशुल्क उपचार गरिएको छ । शिविरमा २२१ जनाको रक्त परीक्षण, १९८ जनाको भिडियो एक्सरे, १७७ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै ३१ जनाको दाँत उखेलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४२ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।

केएमसीले सोमबार रसुवामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर ९६३ जना बिरामीको उपचार गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित