हाडजोर्नीको उपचारमा अब्बल बन्दै विराटनगरस्थित न्यूरो अस्पताल , जोर्नी प्रत्यारोपण सम्मको उपचार सेवा लिन सकिने

विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल हाडजोर्नी सम्बन्धी रोगको उपचारका लागि भरपर्दो गन्तव्य बनेको छ । अत्याधुनिक उपकरण र चर्चित वरिष्ठ हाडजोर्नी विशेषज्ञ चिकित्सकसहितको टिम दुवैको संयोजन मिलेका कारण न्यूरोमा हाडजोर्नीको उपचारमा पछिल्लो समयमा फड्को मारेको हो । यो अस्पतालमा अहिले जोर्नी प्रत्यारोपण सम्मको उपचार हुने गरेको छ ।

प्रदेश १ मा पहिलो पटक न्यूरो अस्पतालमा सोल्जर (काँध) को अर्थोस्कोपिक शल्यक्रिया दुरबिनको मध्यमबाट गरिन सुरु गरेको छ । काँधको शल्यक्रिया काठमाण्डौं र विदेशतिर मात्र हुने गरेको थियो । प्रदेश १ मा पहिलो पटक न्युरोमा उपचार सुरु भएको अस्पतालले जनाएको छ । यस्तै न्यूरोमा अर्थोस्कोपिक प्रविधीबाट, हाडजार्नी सम्बन्धी उपचार, मेरुदण्ड शलयक्रिया, मेरुदण्डमा स्टिल हाल्ने, जोर्नी प्रत्यारोपण (घुँडा, कम्मर तथा कुहिना) को हुने गरेको छ । जोर्नी प्रत्यारोपण सम्मको उपचार सेवा सुरु भएपछि अब विराटनगर बाहिर जानुपर्ने बाध्यता हटेको वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. नवीनकुमार कर्णले बताए ।

‘दुरबिनको माध्यमबाट गरिने काँधको शल्यक्रिया यो भर्खरै सुरु गरिएको सेवा हो । यो विराटनगरमा नयाँ हो । यो दुई थरीको हुन्छ । कसैलाई चोट लागेर काँधको जोर्नी खुस्किन्छ । यसरी जोर्नी खुस्कियो भने तानेर ल्याउँछौं । दुइ वा दुई भन्दा बढी पटक खुस्कियो भने दुरबिनको माध्यमबाट शल्यक्रिया गरिन्छ । त्यसलाई दुरबिनबाट ठाउँमा सेट गरिन्छ र ठिक हुन्छ,’ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. कर्णले भने, ‘अर्को भनेको उमेर बढदै गयो भने सोल्जरको मसल्स च्यातिने हुन्छ । त्यसलाई पनि दुरबिनको माध्यमबाट शल्यक्रिया गरिन्छ ।’

अहिले काँधमा समस्या भएपछि यसको शल्यक्रिया गराउन आउने विरामी पनि बढेको डा. कर्णले बताए । ‘सुरुवाती चरणमा ६ महिनामा एक पटक एक जनाको काँधको शल्यक्रिया हुने गरेको थियो । अहिले महिनामा एक जना विरामी आउने गरेका छन् । सचेतना र विरामीको सफल उपचार भएपछि यस रोगका विरामी पनि आउने गरेका छन्,’ उनले भने, ‘यसअघि काँधको शल्यक्रिया गराउन काठण्डमौ वा भारतलगायतका विभिन्न देश जानुपर्ने अवस्था थियो । न्यूरोमा प्रविधिको माध्यमबाट शल्यक्रिया सुरु भएपछि विदेश जानुपर्ने बाध्यता पनि अब हटेको छ ।’

डा. कर्ण एक दशकअघि देखि न्युरो अस्पतालमा आबद्ध भए पछि हाड जोर्नी सम्बन्धी रोगीका विरामीको उपचारमा न्यूरो निरन्तर सफलतातिर अग्रसर बनेको हो । अस्पतालमा हाड जोर्नीको सफल शल्यक्रिया तथा उपचार हुन थालेपछि पूर्वी नेपाल र भारतका विरामीको चाप बढ्न थालेको छ । गुणस्तरीय सेवा प्रदान गरेर विरामीको मन जित्न पनि न्यूरो सफल हुँदै गएको हो । नेपाली र भारतीय बिरामीहरुले हार्डजोर्नी सेवा पाउँदै आएको अस्पतालमा जटिल शल्याक्रियालाई आवश्यक पर्ने प्रविधि र विशेषज्ञ चिकित्सक उपलब्ध भएसँगै उपचार गराउने विरामीको संख्या बढ्दै गएको छ ।

न्युरो अस्पतालमा घुँडाको प्रत्यारोपण हुन थालेपछि हालसम्म २७ वटा गरिएको छ । ६ जनाको दुवै घुँडाको शल्यक्रिया गरिएको छ । घुँडा प्रत्यारोपणका लागि अब विराटनगर बाहिर जानुपर्ने बाध्यता हटेको उनले बताए । चिकित्सकका अनुसार ५० वर्षमाथिका वृद्धवृद्धामा घुँडाको हाड बढेर हुने दुखाइ कम गर्न यस्तो प्रत्यारोपण गरिन्छ । घुँडाको हाड काटेर त्यसमा नयाँ निर्मित जोइन्ट इम्प्लान्ट राखिन्छ । खासगरी वृद्धाअवस्था भएपछि घुँडा दुख्ने समस्या आउने गरेको बताउँदै चिकित्सक कर्णले भने, ‘अपरेसनपछि पूर्ववत् अवस्थामा फर्कन सकिन्छ ।’

जोर्नी प्रत्यारोपण गरेपछि बिमारीहरू झन् हिंँडडुल गर्न सक्दैनन् भन्ने जनमानसमा जुन धारणा छ, त्यो विलकुल गलत भएको उनले बताए । ‘ चिकित्सा विज्ञानमा विगत चार दशकमा गहन रूपमा अनुसन्धान भएर विकसित भएको क्षेत्रमध्ये यो पनि एक हो । घरभित्र र बाहिर सामान्य हिंँडडुल गर्न नसक्ने, शौचालय जान नसक्ने तथा जीवनभर दुखाइको पीडा सहेर बस्नुपर्ने बिमारीले जोर्नी प्रत्यारोपण गर्दा उनीहरूलाई पुनर्जन्म पाएजस्तो महसुस हुन्छ । कुनै किसिमको दुखाइ र पीडा रहँदैन,’ डा. कर्णले भने

प्रतिक्रिया

सम्बन्धित