सीबी कलेजको सन्चालक समिति अध्यक्षमा कार्की

इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका ४ स्थित आइतबारेमा सञ्चालनमा रहेको चामुण्डा भगवती आवसीय उच्च माबि (सीबी) कलेजको सन्चालक समितिको अध्यक्षमा देशबन्धु कार्की निर्वाचित भएका छन । कलेजको छैटौ साधरणसभाबाट सर्वसम्मत रुपमा कार्की अध्यक्षमा चयन भएका हुन । अस्ट्रेलियाको पिआर त्यागेर इटहरीमा ब्यबसाय गर्दै आएका कार्की सामाजिक क्षेत्रमा समेत सक्रिय छन ।

अस्ट्रेलियामा युनिभर्सिटी कम्युनिटी वेल्फेयर डेभलोपमेन्टमा स्नातकोत्तर पूरा गरे । २०७० सालमा नेपाल फर्केका उनीहरू व्यवसायमा जमेका छन् । उनी नुप्चे लिकु हाइड्रोपावरका बोर्ड डाइरेक्टरसमेत हुन् । शेयर बजारमा लगानी गर्ने ऐकयाम इन्भेष्टमेण्टका अध्यक्ष रहेका देशबन्धु शिक्षा क्षेत्रमा समेत लगानी गर्दै आएका छन । कलेज सन्चालक समितिको बरिष्ठ उपाध्यक्ष दयाराम भट्टराई ,उपाध्यक्ष ललित बिश्वकर्मा , सदस्य सचिबमा सागर प्रसाद भट्टराई चयन भए । त्यस्तै सदस्यमा रोषण श्रेष्ठ , अनिल खड्का, देबका पौडेल, खेम बास्तोला, उर्मिला घिमिरे चयन भएका छन ।

प्रतिक्रिया

सम्बन्धित