राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि लमजुङका ३२ विद्यालय छनाेट

लमजुङ /राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङमा ३२ विद्यालय छनाेट भएका छन् । राईनासका आठ, बेसीशहरका ६ र सुन्दरबजार नगरपालिकाका पाँच विद्यालय छनाेटमा परेका छन् । त्यस्तै, दोर्दीका पाँच, मध्यनेपालका चार, मर्स्याङ्दीका तीन र दुधपोखरी गाउँपालिकाकाे एउटा विद्यालय छनाेट भएको छ ।
शिक्षा तथा मानव स्राेतत विकास केन्द्रका अनुसार छनाेट भएका १४ वटा विद्यालयमा कक्षा कोठा निर्माण हुनेछ । त्यस्तै, शिक्षामा नविन प्रविधि प्रवर्द्धनमा १७ र एउटा विद्यालय प्रयोगशालाका निम्ति छनाेट भए ।

आठ वटा विद्यालयमा चार कोठे भवन बन्नेछ भने नौ वटा विद्यालयमा दुई कोठे भवन बन्ने छ । जिल्लामा गत वर्ष सोही कार्यक्रम अन्तर्गत १६ विद्यालय छनाेटमा परेका थिए । छनाेट भएका विद्यालयले ६ लाख ५० हजारदेखि ३६ लाख रुपैयाँसम्म अनुदान पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित