बिराटनगरको लाईफ गार्ड हस्पिटलमा आधुनिक प्रबिधिको सिटी स्क्यान मेसिन जडान

बिराटनगर। बिराटनगर स्थित लाइफ गार्ड हस्पिटल प्रा लि मा आधुनिक प्रबिधिको सिटी स्क्यान मेसिन जडान गरि सेवा प्रारम्भ गरिएको छ। सोमबार अस्पतालमा आयोजित कार्यक्रममा उक्त मेसिनको उद्घाटन प्रदेश न १ का स्वास्थमन्त्री जयराम यादवले गरेका हुन्।

जी कम्पनीको आधुनिक सुबिधायुक्त मेसिनबाट स्कान गर्दा शरीरमा अरु सिटी स्क्यान मेसिनको तुलनामा ४० % रेडीएसन कम हुने तथा तुरुन्तै स्क्यान हुने भएकोले समय कम लाग्ने हुँदा सेवाग्राही लाई धेरै सुबिधा रहेको अस्पतालका प्राबिधिक अजय कुमार कायस्थले बताए। यस मेसिन बाट पूर्ण शरीर ( होल बडी) स्क्यान हुने हुँदा सम्पूर्ण सेवाग्राही लाई उपचारमा ठुलो राहत मिल्ने कायस्थले जानकारी दिए।

अस्पतालले असहाय , बिपन्न , अपाङ्ग , एकल महिला तथा आर्थिक रुपमा बिपन्न भनि वडा कार्यालय बाट प्रमाणित बिरामीको लागि नि:शुल्क स्क्यान सुबिधा नँया मेसिन बाट दिने जानकारी अस्पताल प्रशासनले दिएको छ।
अस्पतालले जेष्ठ नागरिक लाई दिदै आएको ५० % छुट तथा अन्य बिरामी लाई दिदै आएको छुट पनि जारी रहने बताएको

प्रतिक्रिया

सम्बन्धित