सुहागरातमा नगर्नुहोस् यी ५ गल्ती

काठमाडौं । प्रत्येक जोडीहरुका लागि विवाहको दिन जीवनको सबैभन्दा विशेष र सुन्दर क्षणहरू मध्ये एक हो । विवाहलाई लिएर महिला र पुरुषले फरक–फरक अपेक्षा राखेका हुन्छ । सबैजना आफ्नो वैवाहिक जीवन कसरी राम्रो सुरु गर्ने भनेर उत्सुक हुन्छन् । उनीहरु आफ्नो वैवाहिक जीवनको सुरुवात राम्रोसंग गर्न चाहन्छन् । आज हामी तपाईलाई दाम्पत्य जीवनलाई सही तरिकाले कसरी सुरु गर्ने र कुन गल्तीहरूबाट टाढा रहने भन्ने कुराको जानकारी गराउँछौं ।

सेक्सको अपेक्षा – विवाहकाे पहिलाे रात नै आफ्नो पाटनरस‌ँग सेक्सकाे अपेक्षा गर्नुहुँदैन । विवाहको दिन धेरैजसो महिलाका लागि निकै थकाइदायक समय हुन्छ । यो समय महिलाहरु भावनात्मक रूपमा थकित महसुस गर्दछन् ।

यो समयमा महिला उसले लगाएको पहिरनलगायत सबै चिन्ताबाट गुज्रिएकी हुन्छिन्। विवाहको दिनमा दुलही र दुलही दुवै धेरै थकित हुन सक्छन्। त्यसैले विवाहको रातमा सेक्सको अपेक्षा गर्नुको सट्टा एक अर्कासँग भावनात्मक कुरा गर्नुहोस् र आराम गर्नुहोस्।

शरीरको बारेमा सोच्न बन्द गर्नुहोस् –आफ्नो शरिरकाबारेमा पुरुषभन्दा पनि महिलाहरु अलिक धेरै नै साेच्ने गर्दछन् । विवाहको दिन आफ्नो शरीरको बारेमा धेरै सोच्नु हुँदैन । बेहुली हुँदा लगाएको कपडाले सुहाएको छ छैन या फिटिंग भएको छ छैन यसबारेमा चिन्तित नलिनुहोस्। अथवा आफ्नो पार्टनरसँग परफेक्ट देखिने चिन्ताले पनि घेर्न सक्छ। यी विषयका बारेमा सोच्न बन्द गर्नुहाेस् ।

यी कुराको तयारी गर्नुहोस्- बिहेको रातमा यी यस्ता धेरै कुराको हामी बेवास्ता गरिरहेका हुन्छौं । विवाहका दिन लगाएकाे कपडा, चुरा अथवा गहनाले धेरैलाइ एलर्जी हुन सक्छ। दिनभरकाे विभिन्न तनाबले टाउको दुख्न सक्छ। पाचन सम्बन्धी समस्या हुन सक्छ । यस्तो आपतकालीन अवस्थाको सामना गर्न साथी वा आफन्तलाई आफुलाई चाहिने मेडिकल किट राख्न दिनुहोस् ।

नकारात्मक प्रतिक्रिया नदिनुहोस्- यो वैज्ञानिक रूपमा प्रमाणित भइसकेको छ कि सकारात्मक विचार, शब्द र व्यवहारले तपाईंको पार्टनरसँगको सम्बन्धलाई मजबुत बनाउन मद्दत गर्छ। युनिभर्सिटी अफ जेनेभाका मनोवैज्ञानिक मार्सेल गेन्टनरले ४७० जोडीमाथि गरिएको सर्वेक्षणको आधारमा रोमान्स कायम राख्न व्यक्तित्वको कुनै भूमिका नहुने कुरा पुष्टि गरेको छ । त्यसैले कहिले पनि आफ्नो जोडीका साथीभाई आफन्तकाबारेमा नकारात्मक धारण नबनाउनुहोस् । मनमा सधैं सकारात्मक विचारहरू राख्नुहोस् ।

मेमोरी बनाउन नबिर्सनुहोस् – विवाहको दिन प्रत्येक जोडीका लागि यादगर त हुन्छ नै । आफ्नो विवाहको पललाई केहि बिशेष काम गरेर अझ यादगार बनाउनुहोस् । जस्तै विभिन्न फोटोसुट गरेर, जोडी मिलेर कहीँ विरुवा रोपेर या केहि समाजसेवा गरेर भोली ती कुराहरु देख्दा आफ्नो विवाहका पलहरु तपाईको मन मस्तिष्कमा आउन सकोस् ।

प्रतिक्रिया

सम्बन्धित