एउटै मानिसमा महिला र पुरुषको यौन अङ्ग : डाक्टर साव आफै गर्भवती हुने र आफै बाबु बन्न सकिन्छ ?

काठमाडौ / प्राकृतिक रुपमा प्राणी जगत भाले वा पोथीको रुपमा मात्र जन्मिदैन । अरु लिंगहरुपनि छन् भन्ने अस्तित्व विश्व जगतले स्वीकार गरिसकेको छ । मानिसमा यौन अङ्ग अनुसार देखा पर्ने भिन्नतालाई लिङ्ग र लिङ्गको आधारमा समाजले निर्धारण गरेको सामाजिक भूमिकालाई लैङ्गीकता भनी परिभाषित गर्ने गरिएको छ ।

लैङ्गीक पहिचानको दृष्टिकोणबाट मूलधारको रूपमा रहेका महिला र पुरुष भन्दा अलग तेस्रो लिङ्गी पहिचान भएका व्यक्तिहरू समेत समाजमा अल्पसङ्ख्यक रूपमा रहेका हन्छन् । हाम्रो समाजमा विपरीत लिङ्गीको अतिरिक्त महिला समलिङ्गी, पुरुष समलिङ्गी, दुई लिङ्गी, तेस्रो लिङ्गी र अन्तर लिङ्गी पनि हुन्छन् । यी पाँच प्रकारका भेदेलाई अङ्ग्रेजीमा छोटकारीमा एल.जि.वि.टी.आई. र नेपालीमा एउटै शब्द वा भाषामा समलिङ्गी तेस्रो लिङ्गी भनिन्छ ।

एल.जि.वि.टी.आई. भित्रको अन्तरलिङ्गी जसलाई अङ्ग्रेजीमा ‘इन्टरसेक्स’ भनिन्छ । यस्ता व्यक्ति जो जन्मँदा नै यौन अङ्गका हिसाबले सामाजिक अपेक्षाअनुरूप बालक वा बालिका छुट्टिदैनन् । अर्थात अन्तरलिङ्गी त्यस्ता बच्चा हुन् जसमा पुरुष र महिला दुवैको जैविक लिङ्ग विद्यमान हुन्छ । यो विश्वले पत्याएको थिएन । यो भ्रम हो भन्ने समाज थियो ।

तर स्वास्थ्य विज्ञानको विकाससँगै यसको उपचारका लागि आउने गरेपछि यो तथ्य प्रमाणित भएको छ । हो प्रकृतिले एउटा मानिसमा दुवै अंग दिएर पठाएको छ । दुबै उक्तिकै सक्रियपनि छन् । तर यो अति दुर्लभ भित्र पर्छ । अमेरिकन गैस्ट्रोइण्टेस्टाइनल तथा एन्डोस्कोपिक सर्जनहरूको समाजमा केही यस्ता मानिसहरु अप्रेशनका लागि आएको छन् । उक्त संस्थाको वेबसाईटमा तस्विर सहित नै यो बारेमा लेखिएको छ ।

वेबसाइटमा भनिएको छ । यी महिला जो आफू रोग भएको भन्दै भर्ना भएकी थिइन् । उनीसँग महिला र पुरुष दुबैसँग हुने जैविक अंग छन् । इच्छा भएको बेलामा खडा हुने यौन अङ्ग छ । त्यसकै तल बच्चा जन्माउने यौन अङ्गपनि छ । उनलाई आफू गर्भवती हुने डरपनि छ । बाबु बन्ने सम्भावनापनि छ । यो केस दुनियाँकै सबैभन्दा दुर्लभ हो । भित्री भावना त अनेक छन् । तर बाहिरी अंग नै महिला पुरुष दुबैको त्योपनि एउटा शरीरमा चिकित्सकहरुले समेत यसलाई दुर्लभ भनेका छन् ।

ऐतिहासिक तवरले चिकित्सक समुदायले यसलाई ‘हेर्माफ्रोर्डाईटस’ भन्ने बिल्ला लगाई बच्चाको यौन अङ्ग सच्याउने शल्यक्रिया गरिदिने चलन कयौं देशमा छ तर समकालीन दृष्टिकोणले यस्तो जबर्जस्ती बच्चाको यौन अङ्ग सच्याउने शल्यक्रिया अभ्यासलाई बलजफ्ती लैङ्गकि पहिचान बनाइदिने र यौन अङ्ग बिगारिदिने भनी चुनौती दिने गरेको छ ।

किनभने बच्चाको लैङ्गकि पहिचानपछि कस्तो हुन्छ भनेर बच्चामा नै यकिन गर्न सकिन्न । समलैङ्गीकता कुनै रोग वा बिमारी होइन । सन् १९७० मा अमेरिकन साईकोलोजी एसोसिएनले आफूहरूले ठूलो भुल गरेको स्वीकार गर्दै समलैङ्गीकता कुनै रोग नभएको पुष्टि गर्नुका साथै मानसिक रोगको तालिकाबाट पनि यसलाई हटायो ।

सन् १९९२ मा विश्व स्वास्थ्य संगठनले पनि समलैङ्गीकता कुनै रोग नभएको पुष्टि गरिसकेको छ । दक्षिण अफ्रिका, फिजि, फ्रान्स, अमेरिकालगायत विभिन्न १२ भन्दा बढी मुलुकले समलिङ्गी, तेस्रोलिङ्गी वा भनौ यौनिक अल्पसङ्ख्यकलाई पूर्ण मान्यता दिइसकेका छन् । दक्षिण एशियामा नेपालले सबैभन्दा पहिले र भारतले केही वर्ष अघि मात्रै समलिङ्गी, तेस्रोलिङ्गी वा यौनिक अल्पसङ्ख्यकलाई मान्यता दिएको छ । यौनिक अल्पसङ्ख्यक भएकाहरूलाई हिंसामा पर्दा न्याय दिलाउने र उनीहरूको अधिकारका लागि सबै एक जुट हुनु आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित