पाँच वर्षको बालिकाको पेटबाट निकालियो साढे एक केजी कपाल

काठमान्डाैं / भारतको चन्डीगढकी पाँच वर्षीया बालिकाको पेटबाट साढे एक केजी कपाल निकालिएको छ । पञ्चकुलाको सिभिल अस्पतालको शल्यक्रिया विभागका प्रमुख डाक्टर विवेक भादुको नेतृत्वमा टोलीले बालिकाको शल्यक्रिया गरेर साढे एक केजी कपाल निकालेका हुन् ।डा. भादुका अनुसार बालिकाले पेट सुन्निने, दुख्ने र भोक नलागेको गुनासो गरेपछि बालिकाका अभिभावकले एक साताअघि अस्पताल ल्याइएको थियो । ती बालिकालाई ट्राइकोबेजोर अर्थात् ग्यास्ट्रोइन्टेस्टाइनल ट्र्याक्टभित्र पच्न नसकिने कपाल जम्मा भएको पाइयो ।

‘ट्राइकोबेजोर अवस्था मुख्यतया साइक्याट्रिक डिसअर्डर वा गम्भीर तनाव भएका व्यक्तिहरूमा देखिन्छ । तर, यो बच्चाहरूमा धेरै दुर्लभ हुन्छ । विश्वव्यापी रूपमा, यो हुने सम्भावना शून्य दशमलव तीन मात्र छ,’ डा. भादुले थपे ।

कपाल पग्लिदैन, त्यसैले यो पाचन प्रणालीमा रहन्छ । यदि कसैले यसलाई खाइरह्यो भने, यो बल जस्तै डल्लो पर्दै र बढ्दै जान्छ ।बालिकाको बानीका कारण उनको पेट कपालले भरियो, जसकाण उनले खाना खान छोडिन्, उनलाई कुपोषण, पेट सुन्निने र पेट दुखाइको समस्या हुन थाल्यो ।

परिवारका अनुसार ती बालिका विगत साढे दुई वर्षदेखि कपाल खाने गर्थिन् । बालिकाको कपाल काट्नेदेखि लिएर विभिन्न उपाय अपनाइ सो बानी रोक्न खोजिएको थियो । तर, बालिकाले अरुको कपाल खान थालेको परिवारले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित