वीपीको ओपीडीमा आउने अधिकांशमा कोरोना

सुनसरी / सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडीमा आउने अधिकांशमा कोरोना देखिने गरेको पाइएको छ । प्रतिष्ठानको ओपीडीमा परिक्षण गर्न आउने मध्ये ८० प्रतिशत कोरोना संक्रमण देखिने गरेको प्रतिष्ठानका बालरोग विभाग प्रमखु प्रकाश पौडेलले जानकारी दिए । ‘ओपीडीमा चाप बेस्सरी छ’, उनले भने, ‘ओपीडीमा आउने धेरैजसो, झण्डै ७० प्रतिशत् रुघाखोकीका विरामीहरु छन् । ती मध्ये ८० प्रतिशत्मा कोरोना देखिएको छ ।’

यसैगरि ११ वर्षमूनिका बालबालिकामा पनि कोरोना संक्रमण उच्च रहेको उनको भनाइ छ । घरका अन्य सदस्यलाई कोरोना लागे बालबालिकालाई परिक्षण नगराउने परम्परा उच्च रहेको बालबालिको संख्या उल्लेख्य मात्रामा बाहिर नआएको उनले जानकारी दिएका छन् । डेल्टा भेरियन्ट भन्दा ओमिक्रोन कम घातक भए पनि हेलचेक्राई गर्दा झन् कोरोनाको जोखिम बढ्दै गएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित