दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा थप १२ जनालाई कोरोना संक्रमण

खोटाङ /(न्युका) खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा थप १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार २७ जनाको एन्टीजेन परीक्षण गर्दा एकैदिन ६ पुरुष र ६ महिलालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको हो ।

यससँगै नगरपालिकामा सक्रिय संक्रमितको संख्या ३६ पुगेको छ । सक्रिय संक्रमितमध्ये २५ पुरुष र ११ महिला रहेको नगरपालिकाले जनाएको छ । सक्रिय संक्रमित होमआइसोलेसनमा बसिरहेका छन् । हालसम्म नगरपालिकाका ९२ जनाको एन्टीजेन परीक्षण गरिएको छ ।

जिल्लामा पछिल्लो समय दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदै गएको पाइएको छ । जिल्लाका १० स्थानीय तहमध्ये अधिकांशले कोरोना संक्रमणको नियमित परीक्षणको व्यवस्था गर्न सकेको छैन । संक्रमण बढिरहेका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित