प्याब्सन प्रदेश न.१ को अध्यक्षमा ढकाल निर्वाचित

सुन्दरहरैँचा / मोरङको उर्लाबारीमा भएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) प्रदेश न.१ को अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत रुपमा टिकाराम ढकाल निर्वाचित भएका छन् ।

प्रदेश प्याब्सनको तेस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुमित थापा, उपाध्यक्षमा ज्ञानकुमार दाहाल तथा अर्जुन बस्नेत निर्वाचन भएका छन् । साथै सचिवमा कोषराज प्याकुरेल, कोषाध्यक्षमा राजेश आचार्य, सह–सचिव विष्णुप्रसाद कोइराला, सह–कोषाध्यक्षमा युसुभ पाण्डे निर्वाचित भएका हुन् । त्यसैगरी, प्याब्सन प्रदेश अधिवेशनबाट सदस्यहरुमा भानुभक्त राजवंशी, ज्ञानकुमार पलङ लिम्बू,रुक्मिणा गौतम (कोपिला), निश्चलराज शाक्य,तथा भुवन श्रेष्ठ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । १३ जानाको प्याब्सन नयाँ प्रादेशिक कार्य समिति चयनको अधिवेशनमा प्रमुख अतिथि प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरी रहेका थिए ।

को हुन् प्याब्सन प्रदेश १ को अध्यक्षमा निर्वाचन टीकाराम ढकाल ?

शिक्षासेवी टीकाराम ढकालको जन्म वि.स. २०२८ सालमा भोजपुर जिल्लाको याकुमा भएको हो । २०४८ सालमा स्थापना भएर सञ्चालन हुँदै आएको मोरङको सलकपुरमा रहेको ब्राइट फ्युचर मा. वि.का प्रिन्सिपल ढकालले २०५६ सालदेखि विद्यालयको नेतुत्व गर्दै आएका हुन् । हाल उनी विद्यालयका प्रबन्ध निर्देशक छन् । शिक्षा र प्याब्सनको गतिविधिमा लामो समयदेखि सक्रिय रहँदै आएका ढकालले साविकको हरैँचास्थित जनता मा.वि. बाट २०४५ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् ।

उनले इटहरीको जनता बहुमुखी क्याम्पसको दोस्रो ब्याचको विधार्थी भई आई.कम, महेन्द्र मोरङबाट बि.कम र सुकुना बहुमुखी क्याम्पसबाट एम.एड गरेका छन् । ढकाल निजी तथा आवासीय विद्यालय एसोसियन नेपाल (प्याब्सन) मोरङको जिल्ला कार्यसमितिमा दुई कार्यकाल सदस्य र दुई कार्यकाल सचिव भई प्याब्सनको गतिविधिमा विगत २ दशकदेखि निरन्तर सक्रिय छन् । ढकालले प्याब्सन मोरङको अध्यक्ष हँुदै प्रदेश न १ को सचिव तथा वरिष्ठ उपाध्यक्षमा निर्वाचत भएर कार्यभार सम्हालेका छन् ।

उनी हाल प्याब्सन प्रदेश १ अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । शिक्षा ,समाजसेवा तथा प्याब्सनमा लामो समयदेखि सक्रिय रहँदै आएका ढकाल अबको शिक्षा व्यावहारिक, समयसापेक्ष तथा रोजगारीमूलक हुनुपर्ने धारणा राख्छन् । ढकालले निजी विद्यालयको हकहितमा काम गर्दै प्रदेश प्याब्सनलाई गतिशिल बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित