पछिल्लो २४ घन्टामा २४ सय ४४ जनामा संक्रमण

काठमाडौं / नेपालमा कोरोना संक्रमण दर तीव्र रूपमा फैलिएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आइतबार ११ सय ६७ र सोमबार १४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घन्टामा पन्ध्र हजार ३३ वटा नमुना परीक्षण गर्दा २४ सय ४४ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार दश हजार ६ सय ७८ जनामा गरिएको पीसीआर परीक्षणमा १९ सय ८१ जनामा र चार हजार तीन सय ८५ जनामा एन्टिजेन परीक्षण गर्दा ४६३ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या नौ हजार ५२२ रहेको छ । पछिल्लो २४ घन्टामा तीन सय १३ जना डिस्चार्ज भएका छन् । एकजनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित