यस्ताे छ ओमिक्रोन र डेल्टा भेरिएन्टबीचको अन्तर

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले ओमिक्रोनलाई ‘भेरिएन्ट अफ कन्सर्न’ घोषणा गरेको छ भने डेल्टा भेरिन्टलाई पनि भेरिएन्ट अफ कन्सर्न’ घोषणा गरेकाे थियो । कोरोना भाइरसविरुद्धका खोप लिएका मानिस पनि ओमिक्रोनबाट सङ्क्रमित भइरहेका छन् । ओमिक्रोन भेरिएन्ट डेल्टाजतिको घातक नभएपनि यसबाट भविष्यमा हुन सक्ने शारीरिक समस्याबाट बच्न सचेत हुन जरुरी रहेको विज्ञहरू बताउँछन् ।

ओमिक्रोनका लक्षणहरू सामान्यतया चारदेखि पाँच दिनमा हराउने हुन्छ भने डेल्टा भेरिएन्टका लक्षणहरू १० दिनसम्म देख्न सकिन्छ । डेल्टा सङ्क्रमितमा उच्च ज्वरो आउँने हुन्छ भने ओमिक्रोन सङ्क्रमणका कारण हल्का लक्षण हुने हुँदा ओमिक्रोनका बिरामीमा ज्वरो आएपनि हल्का हुन्छ ।

डेल्टा भेरिएन्टले फोक्सोमा क्षति पुर्‍याउने कारण श्वासप्रश्वास प्रणालीमा असर पर्छ । बिरामीलाई सास फेर्न गाह्रो हुने शरीरमा अक्सिजनको कमी हुने हुन्छ । तर ओमिक्रोनले फोक्सोलाई नगन्य क्षति पुर्‍याउने हुँदा सङ्क्रमितमा श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित समस्या देखा पर्दैन । सुख्खा खोकी, उच्च ज्वरो, सास फेर्न गाह्रो हुने, स्वाद र गन्ध हराउने डेल्टा भेरिएन्टका प्रमुख लक्षणहरू हुन् ।

ओमिक्रोनका प्रारम्भिक लक्षणहरूमा घाँटी दुख्ने, घाँटी चिलाउने, टाउको दुख्ने, चिसो लाग्ने, खोकी लाग्ने, छालामा दाग देखिने, मांसपेशी दुख्ने र वाकवाकी लाग्ने लगायतका लक्षणहरू रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित