न्यूरोको वृहत स्वास्थ्य शिविरमा ६ सय विरामी, एकै स्थानमा सम्पूर्ण उपचार भएपछि विरामी दंग

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले उदयपुरको त्रियुगा नगरपालिका १२ गाइघाटमा वृहत स्वास्थ्य शिविर आयोजना गरेको छ । त्रियुगा नगरपालिका गाइघाट तथा त्रियुगा शान्तिधामको संयुक्त आयोजनामा भएको एक दिने वृहत निःशुल्क स्वास्थ्य शिविरमा ६ सय जना विरामीले स्वास्थ्य परीक्षण गरेको कार्यक्रम संयोजक सुवास अधिकारीले जानकारी दिए ।

शिविरमा न्यूरो हस्पिटलका विशेषज्ञ १६ जना चिकित्सकले स्वास्थ्य शिविरमा विरामीको स्वास्थ्य परीक्षण गरेका थिए । अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट डा.वीरन्द्र कुमार विष्ट, वरिष्ठ विशेषज्ञ न्यूरो सर्जन यामबहादुर रोका, वरिष्ठ इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. निकेश राज श्रेष्ठ, बरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा.डा. नविन कुमार कर्ण ,वरिष्ठ प्रसुती तथा स्त्रीरोग विशेषज्ञ प्रा.डा. शैलजा क्षेत्री श्रेष्ठ, वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रञ्जन थापा, वरिष्ठ बाल रोग विशेषज्ञ डा. सुरेश प्रसाद साह, वरिष्ठ विशेष रेडियोलोजिष्ट डा. पन्ना लाल शाह, वरिष्ठ आँखा रोग विशेषज्ञ डा. नारायणी रोका (भट्टराई), विशेषज्ञ अर्थोपेडिक सर्जन डा. अमित देव, वरिष्ठ फिजिसियन डा. रोहित यादव, विशेषज्ञ कार्डियोलोजिष्ट डा. राजन कर्ण, दन्तरोग विशेष डा. अमित प्रताव साह, फिजियोथेरापिस्ट डा. नविन चौधरीले विरामीको स्वास्थ्य जाँच गरेको थियो । एउटै छानामुनी न्युरो अस्पतालका विशेषज्ञ चिकित्सकहरुले स्थानिय स्तरमा विरामीलाई स्वास्थ्य उपचार गरेपछि स्थानिय दंग देखिन्थे । स्वास्थ्य जाँच गरिएको विरामीको चिकित्सकको सिफारिस अनुसार निःशुल्क सुगर परीक्षण, इसिजी, इकोकार्डियोग्राफी, यूएसजी, इइजी, एनसीभि, गरिएको थियो ।

उतm शिविरमा निशुल्क सेनिटाइजर , मास्क र फेशशिल्ड पनि वितरण गरिएको थियो । त्यसैगरि शिविरमा विरामीलाई आवश्यक पर्ने औषधी पनि निःशुल्क वितरण गरेको थियो । सो शिविरमा अस्पतालले ३ लाखको औषधी निःशुल्क वितरण गरेको जनाएको छ । स्वास्थ्यको पहुच भन्दा टाडा रहेका विरामीलाई लक्षित गरि अस्पतालले स्वास्थ्य शिविर आयोजना गरेको हो । अस्पतालले यसअघि पनि ग्रामिण र पहाडी जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर राखेर विरामीको स्वास्थ्य जाँच गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित