क्याम्ब्रिजद्वारा ‘क्याम्ब्रिज अष्ट्रेलिया एडमिसन मन्थ २०२२’ संचालनमा

काठमाडौं । उच्च शिक्षाकालागि विदेश जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आएको क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीले ‘क्याम्ब्रिज अष्ट्रेलिया एडमिसन मन्थ २०२२’ सञ्चालन गरिरहेको छ । ८ जनवरी देखि ३१ जनवरीसम्म चल्ने कार्यक्रममा विद्यार्थी तथा अभिभावकलाई अष्ट्रेलियाका प्रसिद्ध कलेजहरुका आधिकारिक प्रतिनिधिहरुबाटै शैक्षिक परामर्श दिइदै आइएको छ ।

क्याम्ब्रिजको मुख्य कार्यालय बागबजार, काठमाडौंमा १ महिनासम्म चल्ने ‘क्याम्ब्रिज अष्ट्रेलिया एड्मिसन मन्थ’ मा अष्ट्रेलियाका क्विन्सफोर्ड, ब्राइटन, आरजिआइटी, आइआइइ, अजफोर्ड, एसएविटी, स्काइलाइन, वेस्र्टन सिड्नी लगायतका प्रतिष्ठित कलेजहरुको सहभागिता छ । ‘लामो समयको लकडाउनले विद्यार्थीहरु अष्ट्रेलिया जानबाट बञ्चित थिए । कोरोना संक्रमण कम भएसँगै अष्ट्रेलियाले अन्तराष्ट्रिय विद्यार्थीलाई प्रवेशाज्ञा दिएकोले नेपाली विद्यार्थीलाई जेन्यून शैक्षिक परामर्श दिन ‘क्याम्ब्रिज अष्ट्रेलिया एडमिसन मन्थ’ शुरु गरेका हौं ।’ क्याम्ब्रिजका संस्थापक निर्देशक शिशिर सिंखडाले भने ।

अष्ट्रेलिया प्राविधिक सिपयुक्त विषय अध्ययन गर्न जाने देश हो । तर, कतिपय विद्यार्थी अभिभावकले भरपर्दो सूचनाहरु नपाउँदा धेरै समस्या झेलिरहेका छन् । यहि कुरालाई मनन गर्दै सहि सूचना तथा परामर्श दिन क्याम्ब्रिजले त्यहाँका आधिकारिक कलेजहरुका प्रतिनिधिहरुलाई राखेर काउन्सेलिङ थालेको हो । ‘क्याम्ब्रिज अष्ट्रेलिया एड्मिसन मन्थ २०२२’ मा अष्ट्रेलियाका १८ वटा कलेजहरुका बारेमा विद्यार्थी तथा अभिभावकले सत्यतथ्य जानकारी पाउनेछन् ।

कार्यक्रममा अष्ट्रेलियाको शिक्षा प्रणाली, त्यहाँका विश्वविद्यालय तथा कलेजहरु, शैक्षिक शुल्क, छात्रबृत्ति, कानुन, रोजगारीका अवसर, लागत लगायतका बारेमा विद्यार्थीले विज्ञ परामर्शदाताहरुबाट परामर्श पाउने सिंखडाको भनाई छ । ‘अष्ट्रेलियाको शिक्षा, त्यहाँका कलेजहरुको बारेमा जानकारी त पाउँछन् नै साथै, विद्यार्थीको शैक्षिक, आर्थिक तथा व्यक्तिगत विवरणहरु अध्ययन गर्दै करियर काउन्सेलिङ पनि हुनेछ ।’ १२ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय सिंखडाले भने ।

उच्च शिक्षा हासिल गर्न विदेश किन जाने ? विदेश र नेपालको शिक्षा विच कस्तो भिन्नता छ ? विदेश जानु अगाडी केके तयारी गर्नुपर्छ ? आइएलटिएस, पिटिइ जस्ता भाषा परीक्षा कसरी गर्ने ? कलेजहरु कसरी छान्ने ? कस्ता विषय लिएर अध्ययन गर्दा करियर सुनिश्चित हुन्छ ? अष्ट्रेलिया, यूके, यूएसए जस्ता देशहरुमा अध्ययन गर्नुका फाइदा के हुन ? भोली ती देशमा गएर अध्ययन गर्दा पाइने अवसर र चुनौति के–के हुन्छन् ? यी प्रश्नहरुको हल नखोजी लहलहैको तालमा विदेश जाने सपना देख्न नहुने सिंखडाको भनाई छ । ‘विदेश गएका साथीहरुले लमतन्न समुन्द्रको विचमा साथीले फोटो खिचेको देखेर रोमाञ्चित हुँदै अन्धाधुन्ध विदेश जाने निर्णय गर्नु घातक हो । त्यस्ता विद्यार्थीहरुलाई तथ्यगत सूचना प्रवाह गर्नु अपरिहार्य छ ।’ आधिकारिक, मान्यताप्राप्त शैक्षिक परामर्श संस्थाहरुबाट शैक्षिक परामर्श लिएर प्रोेसेस अगाडी बढाउँदा दुर्घटनाहरु निम्तने जोखिम कम हुने सिंखडाको तर्क छ ।

विदेश जानु भन्दापनि विदेश गएपछि आफ्नो तथा परिवारले देखेको सपना पुरा गर्न सक्नु ठूलो कुरा रहेको उनको भनाई छ । विदेश गएर उच्च शिक्षा हासिल गर्छु, भविष्य बनाउँछु भन्ने विद्यार्थीहरुले विदेशको शिक्षा प्रणालीबाट धेरै फाइदा लिन सक्छन् । विदेशी शिक्षाले विद्यार्थीलाई सिपयुक्त र आत्मविस्वासी बनाउने तथा जस्तोसुकै कठिन परिस्थितिमा पनि संहालिएर अगाडी बढ्न सक्ने बनाउने सिंखडाको दावी छ । ‘घरपरिवारबाट टाढा रहेर अनेक दुखःकष्ट, भोक निन्द्रा सहँदै पढेकाहरु जस्तोसुकै परिस्थितिमा जिउन सक्छन् भन्ने उदाहरण पौराणिक कालमा राजखलकका सन्तानसमेतलाई आश्रममा पठाएर शिक्षादिक्षा दिइएको कथाहरु रामायण, महाभारतमा पाइनुको कारण पनि यहि हो ।’ २१ औं शताब्दीमा त झनै विश्वब्यापी प्रविधीयुक्त शिक्षा हासिल गर्नु अपरिहार्य रहेको उनको भनाई छ ।

विदेश जानु अगाडी विद्यार्थीले धेरै सोचविचार गरेर पाइला चाल्नुपर्छ । खासगरी राम्रो करियर काउन्सलर नभेटिएको अवस्थामा विद्यार्थीको करियरसँगै जिवन नै धरापमा पर्ने अवस्था नआउला भन्न सकिन्न । नेपाल सरकारबाट मान्यता प्राप्त कन्सल्टेन्सी जोसँग अनुभवी, मान्यता प्राप्त काउन्सलरहरु छन्, विदेशी कलेज तथा विश्वविद्यालयका आधिकारिक एजेन्ट वा प्रतिनिधिहरु रहेका छन् उनीहरुबाटै परामर्श लिनु अपरिहार्य छ । ‘विदेशको भूमीमा टेक्ने वित्तिकै सुन फल्छ भन्ने तवरले सपनै सपना बुनेका शब्दहरुको जालमा परेर विदेश जानु चैं हुन्न । यसले जिवन र करियर दुवै खरानी हुन्छ ।’ विदेश गएर कडा मेहनत गरेर पढ्छु दुखः गर्न सक्छु भन्ने मानसिकता लिएर तयारी गर्नुपर्ने सिंखडाको भनाई छ ।

विश्वब्यापी कोरोना संक्रमणले अष्ट्रेलिया, क्यानडा, यूके, युएसए जस्ता देशहरुमा ठूलो मात्रामा अवसर सृजना गरेकाले विश्वका विद्यार्थीहरु आकर्षित भइरहेका छन् । झण्डै दुई वर्षपछि विश्वको अर्थतन्त्र चलाएमान भएकाले नेपाली विद्यार्थीहरुले पनि त्यसको लाभ लिनुपर्ने सिंखडा बताउँछन् । ‘कोभिडको जोखिम कम हुँदै गएकोले अष्ट्रेलिया जस्ता देशहरुमा उच्च शिक्षासँगै अवसरका ढोकाहरु खुलिरहेका छन् त्यसको फाइदा नेपाली विद्यार्थीहरुले लिन आवश्यक छ । हामीले विद्यार्थीलाई कसरी हुन्छ कम लागतमा परामर्श दिने कार्य गरिरहेका छौं ।’

अष्ट्रेलियामा कोरोना संक्रमणका कारण २१ महिनासम्म अन्तराष्ट्रिय सिमा क्षेत्र बन्द रहेकोले रोजगारीका धेरै क्षेत्रहरु खाली छ । साथै, प्राविधिक सिपका जनशक्तिहरुको अभाव समेत रहेको हुँदा अहिले अष्ट्रेलिया जानु भनेको भविष्य सुनिश्चित, सुरक्षित गर्नुपनि हो । क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीले यहि कुरालाई ध्यानमा राखेर ‘क्याम्ब्रिज अष्ट्रेलिया एड्मिसन मन्थ २०२२’ सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित