काभ्रेको रातमाटेमा काठमाडौं मेडिकल कलेजले गर्यो निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं / काभ्रेको पनौती नगरपालिका–६ रातमाटेमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, रातमाटे युवा क्लब, जनहित एकता समाज र सामूदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेहको सहकार्यमा एक दिने शिविर सञ्चालन गरिएको हो ।

शिविरमा १ हजार तीन सय ६७ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा उपचारका क्रममा १९२ जनाको इसीजी, २१३ जनाको रक्त परीक्षण र १९८ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै ३१ जनाको दाँत खोलिएकोे छ ।

केएमसीका विशेषज्ञ डाक्टरहरुको टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको थियो । शिविरमा उपचार सम्भव नभएका ६३ जनालाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित