नवौँ भेडेटार फुड फेष्टिभलले भेडेटारमा पर्यटकको घुँईचो

इटहरी / प्रदेश १ को प्रमुख पर्यटकीय गनतब्यका रुपमा रहेको भेडेटारमा नयाँ बर्ष सन् २०२२ को अबसरमा भेडेटार फुड फेष्टिभल आयोजना गरिएको छ । फेष्टिभल मनाउन आन्तरिक तथा बाह्य पर्यटकहरुको घुँईचो लागेको हाे ।

सीमावर्ती भारतीय क्षेत्रबाट समेत पर्यटकहरू आएका छन् । अंग्रेजी नयाँ वर्ष मनाउन पछिल्ला वर्षहरूमा भेडेटार प्रमुख पर्यटकीय गन्तव्य बनिरहेको छ । आगन्तुकहरू हप्ता दिनअघि नै कोठा बुक गरेर बसेका छन् ।

२०६८ साल देखि अंग्रेजी नयाँ वर्षको अवसरमा भेडेटार फुड फेष्टिभल हुन थालेपछि यहाँ आउनेहरूमा झनै उत्साह बढेको छ । जसका कारण होटलहरू भरिभराउ छन् । महोत्सव यही पुस १८ गतेसम्म चल्ने छ । महोत्सवमा हेलिकप्टर र आसपासका बिभिन्न रमणीय क्षेत्रहरु आर्कषणको रुपमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित