नेशनल एकेडेमीमा आईएसओ सचेतना सम्बन्धि कार्यक्रम संञ्चालन
धरान / नेशनल एकेडेमीले आईएसओ सम्बन्धि सचेतना कार्यक्रम संञ्चालन गरेको छ । विधा सागर स्कुल मर्जिङ प्रक्रिया अगाडि बढाए संगै यसै शैक्षिक सत्रबाट प्रदेश नं. १ मा पहिलो र एकमात्र स्कूलको रुपमा अन्तराट्रिय गुणस्तर चिन्ह आईएसओ प्राप्त गरेपछि पहिलो पटक साे कार्यक्रम संञ्चालन भएकाे प्रिन्सिपल श्रीसिसा राईले जानकारी दिइन् ।
स्कुलले आफ्ना शिक्षक तथा कर्मचारीहरुलाई पहिलो चरणको मन्टेश्वरी तालिम दिए लगातै पहिलो चरणको आईएसओ सचेतना तथा अभिमुखीकरण कार्यक्रम राखेको हो । स्कुलमा आईएसओ पहिलो आन्तरीक अडिटको क्रममा यो कार्यक्रम १ दिनको राखिएता पनि शुक्रबार र शनिवार २ दिनसम्म भएको थियो । स्कुलमा पहिलो आन्तरीक अडिट मिति २०७८ पौष ७ गते बाट शुरु भएको थियो । सचेतना कार्यक्रम आईएसओका कन्ट्री मेनेजर धुब्र शर्माले गरेका थियो भने स्कुलमा पहिलो आन्तरीक अडिट जीवन शर्माको सहकार्यमा भएको थियो । सो अभिमुखीकरण तथा सचेतना कार्यक्रममा स्कुलका अध्यक्ष समुन्द्र राई, सिईओ देब सुब्बा, प्रिन्सिपल श्रीसिसा राई, विभिन्न विभाग प्रमुखहरु, स्कुलका सबै कर्मचारी र शिक्षकहरु सक्रिय रुपमा सहभागी जनाउनु भएको थियो ।
कक्षा १२ सम्म मन्टेश्वरी विधि र स्कुललाई अन्तराष्ट्रिय मापदण्डमा संञ्चालन गर्ने उदेश्य पुर्ति गर्न यो काम थालिएको स्कुलका सिईओ देब सुब्बाले बताउनु भयो । प्रिन्सिपल श्रीसिसा राईले यसले शिक्षा क्षेत्रमा नया उपलब्धि हासिल हुने बताए । मन्टेश्वरी आधुनिक शिक्षण विधि र आईएसओ सम्बन्धि निरन्तर कार्यक्रम हुने स्कुलका अध्यक्ष श्रीमती समुन्द्र राईले बताए । प्लस टु संञ्चालन गरिरहेको स्कुलले विधासागर संग मर्ज गर्ने प्रक्रिया संगै मन्टेश्वरी देखि कक्षा १२ सम्म पढाई संञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया