बेलबारीका ५५ बर्षिय कोईरालाले पुरा गरे मेची महाकाली साईकल यात्रा

बेलबारी । मोरङको बेलवारी ३ मालपोत टोल का ५५ बर्षिय लक्ष्मण कोईरालाले मेची महाकाली साईकल यात्रा पुरा गरेका छन । रास्ट्रिय बाणिज्य बैंकबाट सेवानिबृत लेखापाल कोईरालाले झापाको मेची नदीबाट सुदुरपश्चिम धनगढी महाकाली सम्म दोहोरो साईकलमा यात्रा गर्दै इतिहास रच्न सफल भएका छन । २७ दिन अघि कोइरालाले यात्रा शुरु गरी सोमबार मेची पुलमा पुगेर यात्रा पुरा गरेका छन ।

मेचीमहाकाली साईकलमा यात्रा गर्छु भन्दा यो बुढेशकालमा त्यो पनि साईकलमा सप्तकोशी पनि पुग्न सक्दैन भन्ने मानिसहरुले जिस्काएका कारण आफुलाई थप उत्साह मिलेको उनले बताए । उनले आफनो पुरानो सौख पनि रहेको र हिम्मत बटुलेर काम गर्दा कुनै पनि कुरा असफल नहुने बताए ।

प्रतिक्रिया

सम्बन्धित