प्रदेश २ : प्रदेश प्राधिविक विश्वविद्यालय सम्बन्धी कानुन पारित

जनकपुरधाम / प्रदेश २ सरकारले अध्यादेश मार्फत् ल्याएको प्रदेश प्राधिविक विश्वविद्यालय सम्बन्धी कानुन बहुमतले पारित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकबाट प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ बहुमतले परित भएको हो । सत्तारुढ दल जनता समाजवादी पार्टी, नेपाली काँग्रेस, नेकपा समाजवादी, माओवादी केन्द्रका सांसद उक्त प्रस्तावको पक्षमा रहेका थिए भने लोसपा र नेकपा एमालेका सांसदहरुले उक्त कानुनको विपक्षमा आफ्ना धारणा राखेका थिए ।

प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले उक्त अध्यादेशविरुद्ध अस्वीकृत प्रस्ताव पेस गरेका थिए । तर दुई तिहाई भन्दा बढीको सरकारले उक्त कानुन बहुमतले ल्याउन सफल भएको छ । सभामा बोल्दै सामाजिक विकासमन्त्री नवलकिशोर साहले विश्वविद्यालय सम्बन्धी कानुन विधेयक मार्फत् ल्याउँदा समय लाग्ने भएकोले सरकारले तत्काल अध्यादेश मार्फत् उक्त कानुन ल्याएको ताए । यस अघि पनि प्रदेश कृषि विश्वविद्यालय सम्बन्धी अध्यादेश मार्फत ल्याएको कानुन प्रदेश सभाबाट बहुमतले स्वीकृत भएको छ ।

सभामा बोल्दै लोसपाका प्रमुख सचेतक परमेशर साहले दुई तिहाइको बहुमत भएकाो सरकारले डराएर चोरबाटोबाट ल्याएको कानुन फिर्ता हुनु पर्ने बताए । अध्यादेश मार्फत कानुन ल्याएर सरकारले लोकतन्त्रको मुल्यमान्यतालाई उपहास गरेको टिप्पणी गरे । सभामा एमालेका सांसद किशोरी साह कमल साहले शिक्षा अहिलेको आवश्यकता रहे पनि सरकारले अध्यादेश मार्फत प्रदेश चलाउन खोजेको भन्दै बिरोध गरे ।

प्रतिक्रिया

सम्बन्धित