इटहरीमा एडुटेक कलेज सञ्चालनमा

इटहरी / सुनसरीको इटहरीमा एडुटेक कलेज सञ्चालनमा आएको छ । अध्ययन क्षेत्रलाई फरक अनि गुणस्तरीय शिक्षाको विकास गर्ने उदेश्यका साथ उक्त कलेज सञ्चालनमा ल्याइएको बताइएकाे छ ।

सुनसरीमा पहिलो पटक एसीसीए (ACCA) सम्बन्धी पठनपाठन हुने गरि वीवीएस, वीवीए, वीसीए, वीआइटी एमवीएस, वीएसडब्लु लगाएतका विषयहरु पठनपाठन हुने छन् । सुनसरी जिल्लामै पहिलो पटक एसीसीए पढाई हुने एडुटेक कलेजमा गुणस्तरीय शिक्षा लगाएत अनुभवि शिक्षण द्धारा शिक्षण, व्यबहारिक शिक्षा तथा रोजगारिमुलक शिक्षालाई पहिलो प्राथमिक्ता दिने एडुटेक कलेजका प्रमुख सन्तोष दाहालले बताए ।

दाहालका अनुसार छात्रबृतिको व्यवस्था, प्रबिधिले भरिएको कक्षाकोठा, अनुभवि सञ्चालकद्धारा सञ्चालित रहेको बताउनु भएको छ । इटहरीमा रहेका अन्य निजि शिक्षण सस्थाको तुलनामा यस कलेजमा अतिरिक्त विषयहरुको पठनपाठन हुने छन् ।

प्रतिक्रिया

सम्बन्धित