भेडेटारमा नवाैँ फुड फेस्टिभल हुने

इटहरी / धनकुटाको भेडेटारमा अंग्रेजी नयाँ बर्ष २०२२ को अवसरमा नवाैँ फुड फेस्टिभल हुने भएकाे छ । अंग्रेजी नयाँ बर्षकाे अवसरमा होटल एशोसिएसन भेडेटारले तीन दिने खाना महोत्सव आयोजना गरेको हो ।

फेस्टिभलमा स्थानीय अग्र्यानिक खानाका परिकारको प्रदर्शनी मुख्य आकर्षणको रुपमा छन् । त्यस्तै घोडचढी र प्याराग्लाइडिङको व्यवस्था पनि मिलाईएको आयोजक होटल एशोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दालीले जानकारी दिए ।

उनका अनुसार हेलिकोप्टरबाट भेडेटार आसपास तथा प्रसिद्ध तीर्थस्थल पाथीभरा र हलेसी दर्शनको व्यवस्था पनि मिलाईएको छ । फेस्टिभलमा हरेक दिन साँस्कृतिक कार्यक्रम हुनेछ । अंग्रेजी नयाँ बर्षको अवसर पारेर भेडेटारमा हरेक बर्ष फुड फेस्टिभल गरिदै आएमा गत बर्ष काेराेना महामारीका कारण हुन सकेकाे थिएन् । काेराेना महामारीका त्राश कम भएपछि फुड फेस्टिभललाइ निरन्तरता दिइएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित