दलको चुनावमा भाग लिने शिक्षकलाई त्रिविले कारबाही गर्ने

काठमाडौं / त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षक र कर्मचारीलाई राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने चेतावनी दिएको छ । त्रिविको कर्मचारी प्रकाशन महाशाखाले विश्वविद्यालयको शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० अनुसार कारबाही गर्ने चेतावनी दिएको हो ।

विश्वविद्यालयका कर्मचारी तथा शिक्षकहरू राजनीतिक दलका महाधिवेशन र विधान अधिवेशनमा भाग लिएका समाचार आएको भन्दै विभागीय कारबाहीको चेतावनी दिइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित