शैक्षिक परामर्श संघ (ECAN) पूर्वाञ्चल शाखा अध्यक्षमा लकान्द्री

इटहरी / शैक्षिक परामर्श संघ (ECAN) पूर्वाञ्चल शाखाकोको अध्यक्षमा प्रकाश लकान्द्री निर्वाचित भएका छन् । नेपाल शैक्षिक परामर्श संघ (ECAN) काे पूर्वाञ्चल शाखाको पाँचौ साधरण सभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा लकान्द्री निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्ष दिपक गौतम, सचिव रबि कुमार गुप्ता, कोषाध्यक्षमा हेम जिवान निरौला निर्वाचित भएका छन् भने कार्यसमिति सदस्यहरूमा दुर्लभ कार्की, रोजन थापा र गोपाल निरौला रहेका छन् ।

धनकुटा हिले स्थित माउन्ट होराईजन रिसोर्टमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख आतिथि केन्द्रिय अध्यक्ष प्रकाश पाण्डे, विशेष अतिथि केन्द्रका उपाध्यक्ष शेषराज भट्टराई , विशिष्ट अतिथि केन्द्रीय सचिव बाशुदेव दाहाल, विशिष्ट अतिथि केन्द्रका सह-सचिव कर्ण गुरुङ, केन्द्रीय सदस्य पुष्प राज भट्टराई, पूर्वाञ्चल शाखाको सल्लाहकार संयोजक कमल तिम्सिना लगयतहरूकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रम पूर्वाञ्चल शाखाका निवर्तमान अध्यक्ष राेशन निराैलाकाे सभापतित्वमा समापन भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित