सन्धिखर्कमा एकैदिन दुई हजार बढी बालबालिकाले लगाए काेराेनाविरुद्धकाे खाेप

अर्घाखाँची / सन्धिखर्क नगरपालिकाका दुई हजारभन्दा बढी बालबालिकाले एकैदिन काेभिडविरुद्धकाे खाेप लगाएका छन् ।

सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीका अनुसार मंगलबार एकैदिन छात्रा एक हजार ७२ र छात्र एक हजार ६० गरी दुई हजार एक सय ३२ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका हुन् ।

नगरपालिकाले स्कुल स्कुलमा पुगेर काेभिडविरुद्धकाे खाेप सञ्चालन गरिरहेकाे छ । खाेप अभियानमा विद्यार्थीहरूकाे उत्साहजनक सहभागिता रहेकाे पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित