जान्नुहोस् जाडोयाममा पिँडालु खानुका चमत्कारीक फाइदा

काठमाडौं । जाडोयाम सुरु भएको छ । जाडोमा देखिने आम समस्यामध्ये अल्छिपना पनि एक हो । मानिसहरु जाडोमा घरबाहिर जान मन पराउदैनन् । ओछ्यानबाट नै निक्लन मन गर्दैन् । यस्तो अवस्थामा मोटोपन एक समस्या बनेर आउन सक्ने खत्तरा हुन्छ । आज हामी जाडोमा पिँडालु खानुका फाइदा लिएर आएका छौं । पिँडालु खाँदा मोटोपना नियन्त्रण लगायतका धेरै फाइदा हुन्छन् ।

यसले मधुमेहलाई नियन्त्रणमा राख्नुका साथै आन्द्रा र मुटुको स्वास्थ्यका लागि पनि फाइदाजनक काम गर्छ । यसको अर्को विशेषता भनेको यो एक स्टार्च तरकारी हो, जसमा दुई प्रकारका कार्बोहाइड्रेटहरू हुन्छन् । यसले रक्त शर्करा व्यवस्थापनका लागि धेरै राम्रो काम गर्ने विशेषज्ञहरु बताउँछन् । अर्बी एउटा यस्तो तरकारी हो, जसलाई जाडो याममा खुब खाइन्छ । जराको तरकारीमा अर्बीलाई सबैभन्दा स्वादिष्ट र स्वस्थकर मानिन्छ । यो नेपालसहित एसिया भरमा सबैभन्दा बढी खाइन्छ । यसका दुई किसिमका हुन्छन्, एउटा कालो र अर्को हरियो डाँठको हुन्छ ।

h

प्रतिक्रिया

सम्बन्धित