डाक्टरले मृत घोषणा गरेकी पुष्पाको भयाे सफल उपचार

इटहरी । सुनसरीको इनरुवा नगरपालिका –१० की ३९ वर्षीया पुस्पालता सुब्बा गत मंसिर ५ गते अचानक वेहोस भइन् । विना कुनै कारण उनि वेहोस् भएपछि परिवारले उपचारको लागि उपचारको लागि विराटनगर पुर्याए । विराटनगरको एक अस्पतालले उनको टाउकोमा रगत जमेका कारण उपचार नै सम्भव नभएको जानकारी गरायो ।

डाक्टरले आफूहरुलाई आमा बाँच्न असम्भव रहेको जानकारी गराएको उनका छोरा प्रनिस सुब्बाले जानकारी दिए । त्यसपछि उनिहरुले पुस्पालाई घर नै फर्काए । र, रातभर उनको मृत्यु कुरेर बसेको छोराले प्रनिशले सुनाए । ‘५ गते एक्कासी बेहोस हुनुभयो आमा’, छोरा प्रनिशले भने, ‘त्यहाँ डाक्टरले बाँच्ने चान्स छैन । बाँच्ने चान्स जिरो छ भनेको थियो । घरसम्म पुर्याउँदासम्म सास रहोस् भनेर अक्सिजन लगाइदियो । घरसम्म लगाएर लैजानु भनेको थियो तर मर्ने नै हो भने किन लगाउनु भनेर हामीले अक्सिजनको मास्क नै हटाइ दियौँ ।

अक्सिजन खोल्दा पनि सास चलिरहयो । हामीले डक्टरलाई सुनायौँ । तर, उहाँहरुले मेसिनले गर्दा त्यस्तो भएको हो भन्नु भयो । हामी आमालाई लिएर घर फकियौँ ।’ उमेरले भरखर ४० औँ बसन्त पुग्न लागेकी उनलाई परिवारले आस नै मारिसकेको छोराले सुनाए । ६ गते विहान पुस्पाले हात चलाएपछि परिवारले उन बाँच्छीन् भन्ने आसाका साथ पुन सोहि अस्पतालमा लग्ने योजना बनाए ।

सोहि समयमा उनिहरुकै परिवारका एक डक्टरले विराटनगर महानगरपालिका –३ कन्चनवारीमा रहेको आर्या न्यूरो अस्पताल र त्यहाँ रहेका बरिष्ठ न्यूरो सर्जन डाक्टर पंकजराज नेपालको बारेमा जानकारी गराए । तिनै डाक्टरको सल्लाह बमोजिम पुस्पालाई परिवारले ६ गते विहान करिव १० बजे आर्या न्यूरो अस्पताल पुर्याए । त्यहाँ डक्टरले बचाउन सकिने कुरागरेपछि उपचार सुरु गरेको छोरा प्रनिशको भनाइ छ ।

अहिले पुस्पाको सफल उपचार भएर सामान्य अवस्थातर्फ फकिँदै छिन् । ‘आमाले ६ गते विहान हात चलाउनुभयो । हातले टाउको छाम्नु भयो । त्यसपछि हामीले तुरुन्तै अस्पताल लग्यौँ’, उनले भने, ‘अस्पतालमा पुर्याउँदा हाम्रो एक जना डाक्टर काकासँग भेट भयो । उहाँले रिपोर्ट हेरेपछि आर्या अस्पताल र डाक्टर पंकजराज नेपालको बारेमा जानकारी गराउनुभयो ।

अनि हामीले यहाँ ल्याएर आयौँ । यहाँ आएपछि डाक्टरले बाँच्ने चान्स ४०र६० छ भन्नुभयो । हामी १ पर्सेन्ट चान्स हुँदा त उपचार गर्न तयार थियौँ । त्यसो भनेपछि त झन् उपचार गर्ने भइहाल्यौँ नि १ अनि उपचार गरेको अहिले निको हुनुभयो । अहिले एकदम राम्रो छ ।’ उनलाई बचाउन आर्या अस्पतालले पनि अथक प्रयास गरेको डाक्टर चौधरीले जानकारी दिइन् । अर्को अस्पतालले मृत्यु पखेर बस्नुस् भनेको मान्छेलाई लामो अनुभव भएका डाक्टर तथा स्तरीय नविनत् उपकरणका कारण सम्भव भएको उनले जानकारी दिइन् ।

२० दिनसम्म आर्या न्यूरो अस्पतालको उपचार तथा बसाइपछि आइतबार पुस्पा घर फर्किएकी छिन् । उनि पहिला जस्तै सामान्य जीवनयापनमा आफू फर्कन अस्पतालले गरेको मेहनतप्रति दंग देखिन्छी । साथै उनको मृत्युको परखाइमा रहेको परिवारको पनि खुसीको सिमान नै छैन ।

प्रतिक्रिया

सम्बन्धित