‘ब्ल्याक एरियन’ बन्न शरीर कुरुप बनाइसकेका एन्थोनीले फेरि काटे दुई औंला

एजेन्सी / कार्टुनको पात्र ‘ब्ल्याक एलियन’ जस्तै देखिन फ्रान्सका ३३ वर्षका एन्थोनी लोफ्रेडोले आफ्नो शरीर बिगारिसकेका छन् । उनले कुरुप देखिन शरीरभर ट्याटु खोपेका छन्, नाक र ओठ काटेका छन्। ठाउँठाउँमा पियर्सिङ गरेका छन्।

अब हुँदा–छँदाको हातको औंलासम्म काट्न पनि उनले भ्याएका छन्। उनले आफ्नो हातको दुई औंला काटेका हुन् । हाल उनको इन्स्टाग्राममा ७ लाख ४३ हजार फलोवर छन्। उनले आफ्नो तस्बिरहरु पोस्ट गरिरहेका हुन्छन् ।

लोफ्राडो अहिले आफू ‘ब्ल्याक एलियन’ बन्ने कार्यमा ३४ प्रतिशत सफल बताएको बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित