सरकारद्वरा कोरोनाको नयाँ भेरियन्ट रोक्न आवश्यक सतर्कता अपनाउन सुरु

काठमान्डाैं / सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भित्रन नदिन आवश्यक सतर्कता अपनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले ओमिक्रोनको सङ्क्रमण देखिएका देशबाट नेपाल आउने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी नयाँ आदेश जारी गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

नयाँ भेरियन्टका रुपमा पुष्टि भएको ‘ओमिक्रोन’ तीव्र फैलने र गम्भीर सङ्क्रमण गराउने खालको भएको भन्दै विश्व स्वास्थ्य सङ्गठनले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
दक्षिण अफ्रिका, अष्ट्रेलिया, बेल्जियम, जर्मनी, हङकङ, नेदरल्याण्ड, बेलायतलगायत देशमा नयाँ भेरियन्टका सङ्क्रमित फेला परेका छन् ।

सङ्क्रमण फैलन सक्ने भन्दै सरकारले अत्यावश्यक सावधानी अपनाएको छ । सङ्क्रमण देखिएका देशबाट आउने यात्रुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गर्ने र होटल क्वरेन्टीनमा राख्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित