राष्ट्रिय माध्यमिक विद्यालयको ६६ औं बार्षिकोत्सव सम्पन्न, उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानीत

इटहरी / सुनसरीको इटहरीमा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयको ६६औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएकाे छ । १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । तत्कालिन हाँसपाेसा गाविस वाड नं १ मा बि. सं २०१३ सालमा स्थापना भएकाे उक्त विद्यालयले आफ्नाे छुट्टै पहिचान बनाएकाे छ ।

६६ बर्ष अगाडि आजकै दिन स्थापना भएकाे विद्यालय अहिले सम्म सफल रूपमा संचालन भएकाे छ । ०१३ साल मंशिर १३ गतेबाट तत्कालिन समाजसेवी तथा शिक्षा प्रेमि रामप्रसाद श्रेष्ठ (सस्थापक सेक्रेटरी), हवाई धामी, सीताराम अधिकारी, अनुपलाल चौधरी, रामबहादुर भट्टराई लगायतको अगुवाइमा विद्यालयकाे स्थापना भएकाे थियाे । तत्कालिन समयमा शिक्षा लिनु पर्छ भन्ने सम्म ज्ञान नभएकाे समयमा शिक्षा प्रेमि अगुबाहरूकाे पहल विद्यालय स्थापना भए पश्चात आसपासका क्षेत्रमा शिक्षाकाे महत्व बढ्दै गएकाे बुझिन्छ ।

कार्यक्रममा विद्यालयको शैक्षिक उन्नतिका लागि अक्षयकोष स्थापना गर्न रकम उपलव्ध गराउने दाता लाइ सम्मान गरिएकाे थियाे । साथै शिक्षक बाककृष्ण थापा, राम कुमार तामाङ, गिता खतिवडा र राेशन ढकाललाइ उत्कृष्ट शिक्षककाे रुपमा नगर सहित सम्मान गरिएकाे थियाे । त्यसैगरी एसइइ परिक्षामा उत्कृष्ट हुने सहित ६२ जना विद्यार्थीहरुलाई छात्रावृति तथा पुरस्कार प्रदान गरिएकाे थियाे ।

कार्यक्रममा विद्यालयकाे प्रगति विवरण प्रस्तुत गर्दै प्रधानाध्यापक सरन कुमार बस्नेतले विद्यालय विभिन्न चुनाैतीलाइ समना गर्दै अगाडी बढिरहेकाे बताए । उनले विद्युतकाे भाेल्टेज नपुग्ने, गुणस्तरिय खानेपानी, शाैचालय, खेलमैदान आदीकाे व्यावस्थापनमा कठिनाइ भएकाले त्यसकालागि पहल गरिदिन स्थानिय र प्रदेश सरकार सँग आग्रह गरे । विद्यालयमा विद्यार्थीकाे आकर्षण बढिरहेकाे त्यसकाे अनुपातमा भवन र जनशक्तिकाे व्यवस्थाप गर्नु अबकाे चुनाैती रहेकाे उनकाे भनाइ रहेकाे छ ।

कार्यक्रममा मुख्यमन्त्री राईले अहिलेको जमनामा शिक्षा विनामा मानिसको जीवन चल्न नसक्ने वताएका छन् । कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री राईले अहिलेको समयमा शिक्षाको महत्वका विषयमा जोड दिएका हुन् । उनले शिक्षा हासिल गर्नु पवित्र कार्य मात्र नभएर मानिसलाई सभ्य बनाउन समेत शिक्षाको महत्व रहेको बताए ।

कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद सुवेदी, इटहरी उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष निश्चल पोखरेल, शिक्षक अभिभावक संघका अध्यक्ष नेत्रबहादुर कार्की, अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव रितेश क्षेष्ठ लगायतका अतिथीहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रिय माध्यमिक विद्यालयमा ६७० नयाँ विद्यार्थीलाई स्वागत

६५ बर्षे इतिहास बाेकेकाे शैक्षिक धराेहर

प्रतिक्रिया

सम्बन्धित