पियू कर्मचारी संघ केन्द्रीय समितिकाे सभापतिमा बस्नेत निर्वाचित

सुन्दरहरैंचा / पूर्वाञ्चल विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको निर्वाचनबाट सभापतिमा विराटनगरका रुपेश बस्नेत निर्वाचित भएका छन् । पियू कर्मचारी संघ केन्द्रीय समितिको निर्वाचन काठमाडौ , विराटनगर तथा गाेठगाउँमा एक साथ भएको थियाे । जसमा बस्नेत सभापतिमा निर्वाचित भएका हुन् । तेसै गरि उपसभापतिमा हिरालाल यादव,महासचिवमा रञ्जितकुमार गुप्ता,सचिवमा सुरेन्द्र यादव,काेषाध्यक्षमा जयराम चाैधरी निर्वाचित भएका छन् । पियू कर्मचारी संघ केन्द्रीय समितिको निर्वाचनबाट सदस्यहरुमा विनाेदप्रसाद मण्डल, तिर्थकुमारी खड्का, अशाेक मल्लिक, दीपक खनाल, बाेधनाथ खड्का तथा महिला सदस्य उर्मिला तिम्सिना निर्वाचित भएका हुन् ।

पियू कर्मचारी संघकाे केन्द्रीय निर्वाचनमा १ सय ९४ मतदाता रहेका थिए । जसमा १ सय ९३ मत खसेको थियाे । कर्मचारी संघ सभापतिकाे लागि विराटनगरका रुपेश बस्नेत , सुन्दरहरैंचाका देवीप्रसाद कट्टेल तथा अमरदहका कृष्णप्रसाद ढुंगाना बिच प्रतिष्पर्दा भएको थियाे । जसमा सभापतिमा निर्वाचित बस्नेतले ९३ मत तथा सभापतिका अर्का उमेदवार रहेका उपविजेता कट्टेलले ७१ र ढंगानाले २४ मत प्राप्त गरेकाे पूर्वाञ्चल विश्वविद्यालय गाेठगाउँका कर्मचारी विजय आमागाईले जानकारी दिए ।

पियू कर्मचारी संघ केन्द्रीय समितिको निर्वाचनबाट निर्वाचित भएका वस्नेतले पियूलाइ संस्थागत रुपमा व्यवस्थित बनाएर सबैकाे साथ सहयाेगबाट पूर्वाञ्चल विश्वविद्यालयकाे हित र विकासमा काम गर्ने बताए । उनले सबै कर्मचारी बराबर भएकोले थप एकता र सद्भभावकाे विकास गर्दै अघि बढ्ने लगायतकाे आफ्नाे विविध याेजना रहेको पूर्वेली न्यूजसँगकाे कुराकानीमा बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित