राष्ट्रिय माध्यमिक विद्यालयमा ६७० नयाँ विद्यार्थीलाई स्वागत

इटहरी / सुनसरीको इटहरीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले विद्यार्थीहरुकाे स्वागत तथा विदाई कार्यक्रम आयोजना गरेका छ । विद्यालयले ६७० नयाँ विद्यार्थीलाइ स्वागत गरेकाे हाे । आइतवार एक कार्यक्रमका बिच विद्यालयले ठुलाे संख्यामा नयाँ विद्यार्थीलाइ स्वागत गरेकाे छ ।

चालु शैक्षिक शत्रमा कक्षा वालबिकास देखी १२ सम्म तथा प्रविधिक धारमा आएका नयाँ विद्यार्थीलाइ स्वागत गरिएकाे हाे । कक्षा १२ की विद्यार्थी एलिजा चौधरीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कक्षा १२ को परिक्षा दिई सकेका २ सय १७ जना विद्यार्थीहरुलाई विदाई समेत गरिएकाे छ ।

विद्यालय तह अध्ययन सकेका विद्यार्थीहरुलाई विदाई तथा विद्यालयमा अध्ययनका लागि आउने विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक सरन कुमार बस्नेतले जानकारी दिए ।

कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष निश्चल पोखरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर कार्की, शिक्षक अभिभावक संघका अध्यक्ष नेत्रबहादुर कार्की लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । विद्यालयले मंसिर १३ गते प्रदेश १ का मुख्यमन्त्रि राजेन्द्र राइकाे उपस्थितिमा ६६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित