प्राध्यापकको रिस पोख्दा २५ जना फेल

विराटनगर । प्राध्यापकको क्रोधले विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत २५ जना विद्यार्थीहरु २४ पुर्णाङ्कको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भएका छन् । क्याम्पसको बिबिएम संकायमा अध्ययनरत २५ जना विद्यार्थीहरु तथ्याङ्क शास्त्रको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भएका हुन् ।

बिबिएम संकायको दुवै सेक्सनमा कक्षा लिन नपाउँदा प्राध्यापक शिवचन्द्र चौधरीले नियोजित रुपमा विद्यार्थीहरुलाई प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण बनाएका हुन् । क्याम्पस प्रशासनले दुवै सेक्सनमा कक्षा लिने अनुमति नदिएपछि प्राध्यापक चौधरीले सेक्सन ए का २५ जना विद्यार्थीहरुलाई परीक्षामा फेल गरेको उनीहरुले बताएका छन् । यसअघि बसेको विद्यार्थी, विद्यार्थी संगठन र क्याम्पस प्रशासन सम्मिलित वार्तामा प्राध्यापक चौधरीले आफ्नो गल्ती स्वीकार गरेका छन् ।

प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीहरु हाल बिबिएम संकायको पाचौं समेस्टरमा अध्ययनरत छन् । ४ बर्षे बिबिएम प्रोगामको तेश्रो समेस्टरमा गतवर्ष उनीहरुले तथ्याङ्क शास्त्रको प्रयोगात्मक परीक्षा दिएका थिए ।

सेक्सन ए बाट २९ र सेक्सन बी बाट २६ गरि कुल ५५ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए । तर, यही भदौ १ गते आएको नतिजा अनुसार सेक्सन ए बाट मात्र ४ जना विद्यार्थीहरु उक्त परीक्षामा उत्तीर्ण भएका छन् । पहिलो समेस्टरमा टप गरेका विद्यार्थीहरु समेत प्रयोगात्मक परीक्षामा फेल भएका छन् । क्याम्पसका प्राध्यापक शिवचन्द्र चौधरीले दुवै सेक्सनमा पढाउन नपाएको रिस विद्यार्थीहरुको परीक्षामा पोखेको उनीहरुको आरोप छ । ‘

प्रतिक्रिया

सम्बन्धित