धनकुटामा एभोकाडो महोत्सव सुरू

धनकुटा / घ्यु फलको रुपमा परिचित एभोकाडो खेतीमार्फत कृषि पर्यटनलाई टेवा पु¥याउने उद्देश्यसहित धनकुटामा एभोकाडो महोत्सव सुरू भएको छ। धनकुटामा उत्पादन भएको एभोकाडोलाई देश तथा विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यले धनकुटा नगरपालिका एभोकाडो कृषि समूहको आयोजनामा शनिबार देखि २ दिने एभोकाडो महोत्सव सुरु भएको हो ।

धनकुटा नगरपालिका सहआयोजक रहेको महोत्सव आइतबारसम्म सञ्चालन हुनेछ। धनकुटा नगरपालिकाले २०७५ सालमा नगर क्षेत्रलाई एभोकाडोको राजधानी घोषणा गरी व्यावसायिक उत्पादनमा जोड दिएपछि कृषकले उत्साहपूर्वक एभोकाडो खेती गरिरहेका छन् । महोत्सवमा नगरक्षेत्र तथा देशभरि उत्पादन भएका एभोकाडो र एभोकाडोजन्य उत्पादनको प्रदर्शनी, बिक्री वितरण तथा विविध साँस्कृतिक कार्यक्रम सञ्चालन गरिने र महोत्सवमा सहभागी भएका नगर क्षेत्रका एभोकाडो कृषकलाई प्रोत्साहन स्वरुप प्रविधि हस्तान्तरण गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ। महोत्सवमा एभोकाडोका ३० वटा स्टल रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित