गायिका सोफियाले स्टेजमा बोलाएर मुखमा पिसाब गरिदिएपछि … (भिडियो)

काठमाडौं । गत साता एक लाइभ कन्सर्टका समयमा हलिउड गायिका सोफिया उरिस्ताले स्टेजमा एक पुरुष प्रशंसकलाई बोलाएर उनको मुखमा पिसाब गरेकी छन् । उनले स्टेजमा पुगेका प्रशंसकलाई सुताएर उनको मुखमा पिसाब गरिदिएकी हुन् । यो दृश्यको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

सामाजिक सञ्जालमा पनि ट्रोल भएपछि गायिका आफ्नो गल्तीप्रति माफी मागेकी छन् । उनले इन्स्टाग्राममा आफ्नो उद्देश्य कसैमाथि दुःख पुर्याउनु नरहेको उल्लेख गरेकी छन् । सोफियाले आफू स्टेजमा जहिल्यै पनि नियम संगत रहने बताएकी छन् । ‘तर त्यो रात मैले आफ्नो नियमलाई बिर्सिएँ । म आफ्नो परिवार, आफ्नो व्याण्ड र सबैभन्दा बढी प्रशंसकलाई प्रेम गर्छु ।

म स्वीकार्छु कि मेरो पिसाब गर्नुको स्टण्ट सही थिएन । म यसका लागि माफी माग्छु । मानिसलाई आहत बनाउने मेरो मनसाय होइन’, गायिकाले लेखेकी छन् । यो दुर्भाग्यपूर्ण घटनाप्रति गायिकाको व्याण्ड ‘ब्रास अगेन्स्ट’ले पनि माफी मागेको छ । ‘सोफिया उरिस्ता धेरै नै उत्साहित भएकी थिइन् । यो कुराको हामीले अपेक्षा पनि गरेका थिएनौं । यद्यपि तपाईंहरु फेरी हाम्रो शोमा यस्तो देख्नुहुने छैन । यो सबै घटना अप्रत्याशित थियो’, व्याण्डले ट्वीट गरेको छ । गत नोभेम्बर ११ मा भएको एक लाइभ कन्सर्टको भाइरल भिडियोमा सोफियाले आफ्नो पेन्ट खोलेर प्रशंसकको मुखमा पिसाब गरेको देख्न सकिन्छ । भिडियाे

प्रतिक्रिया

सम्बन्धित