पूर्वाञ्चल विश्वविद्यालयलाई १५ लाख रुपैयाँ बराबरको अक्सिजन कन्सन्ट्रेटरहरु हस्तान्तरण

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा स्थित पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल गोठगाउँलाई कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि (अक्सिजन कन्सन्ट्रेटरहरु ) राहत तथा सहयोग हस्तान्तरणकाे कार्यक्रम भएको छ । नेपाल स्कुल अफ इन्टरप्रेरनसिपको आयोजना तथा इन्टरनेसनल बुद्धिस्ट कन्फीड्रेशनको सहयोगमा कार्यक्रम भएको थियाे । कार्यक्रममा १० थान अक्सिजन कन्सन्ट्रेटर पियू शिक्षण अस्पताललाई हस्तान्तरण गरिएको थियाे ।

स्वास्थ्य सामग्री डा. प्रणय शम्सेर राणाले विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवराज काेइराला लगायत विश्वविद्यालयका पदाधिकारीलाई हस्तान्तरण गरे । करिव १५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हाे ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला प्रमुख अतिथि थिए । अस्पताल निर्देशक डा. विपेश आचार्यले कार्यक्रममा स्वागत मन्तव्य राख्दै विश्वविद्यालयका समस्या , चुनौती तथा भइरहेका कामको बारेमा जानकारी गराएका थिए। कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकाल तथा प्रदेश सांसद लोकप्रसाद संग्रौला लगायतले आफ्नो भनाइ राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित