मधुमेह दिवसमा न्यूरो अस्पतालमा नि:शुल्क उपचार

बिराटनगर/ विश्व मधुमेह दिवसको अवसर पारेर विराटनगरस्थित न्यूरो अस्पतालमा सचेतना मूलक कार्यक्रम गर्नुको साथै नि:शुल्क मधुमेह जाँच गरेको छ । अस्पताल परिसरमा आइतबार विभिन्न सचेतना मुलक कार्यक्रमको साथै नि:शुल्क मधुमेह जाँच तथा उपचार गरेको हो ।

अस्पतालका वरिष्ठ प्याथोलोजिस्ट डा. सागरराज पाण्डेले मधुमेह हुन नदिन र भइहाले पनि कसरी रोकथाम र नियन्त्रण गर्न सकिने त्यसबारेमा विरामीहरूलाई स्वास्थ्य सचेतना दिएका थिए । सोही अवसरमा विरामीहरुको नि:शुल्क मधुमेह जाँच गरिएको थियो । नि:शुल्क मधुमेह जाँचमा १ सय जना विरामीको उपचार गरेको अस्पतालले जनाएको छ ।

विरामीको उपचार अस्पतलाका वरिष्ठ फिजिसियन डा. केशरबहादुर गुरूङले गरेका थिए । स्वास्थ्य जाँच गरिएको विरामीहरुलाई अस्पतालले नि:शुल्क औषधी पनि वितरण गरेको अस्पताले जनाएको छ । विश्व मधुमेह दिवसको अवसर पारेर अस्पतालमा आएका विरामीहरुलाई अन्य जाँचमा ५० प्रतिशत छुट दिएको छ ।

न्यूरो अस्पतालले यसअघि पनि विभिन्न अवसर पारेर जाँच तथा उपचारहरु नि:शुल्क तथा छुटसहित प्रदान गर्दै आएको छ । आउँदा दिनहरुमा यस्ता कार्यक्रममलाई निरन्तार दिने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित