उमेर छँदै सुगरको समस्या ? यसाे गर्नुहाेस्
काठमाडौं । हिजोआज विभिन्न कारण दिन उमेरमा नै सुगर, बाथ, प्रेसर, लगायतका रोगहरु देखि थालेका छन् । यस्ता समस्या सामान्य जस्तो लाग्ने भएपनि यिनले मानिसको आधा प्राण नै लिन्छन् । जब यि रोगले गाँज्दै जान्छन् तब स्वास्थ्य दिनानुदिन प्रतिकुल बन्दै जान्छ । यस्ता रोगहरुमध्ये आज हामी सुगरको समस्या र त्यसका निधनको बारेमा चर्चा गर्दैछौँ । आजको रिर्पोट बनाउने क्रममा हामीले विभिन्न भारतीय अनलाइन तथा भिडियो तथा चिकित्सकहरुको सल्लाह र सुझावलाई मुख्य आधार मानेका छौँ ।
जसमा मुख्य रुपमा भान्सामा प्रयोग हुने घरेलु सामानहरु औषधिको रुपमा समेत प्रयोग हुन सक्ने कुराहरुलाई हामीले समाधानका रुपमा प्रयोग गरेका छौँ । जस्तै, तरकारी, अचारमा प्रयोग गरिने मेथीलाई हामीले सुगर कन्ट्रोलको लागि पनि प्रयोग गर्न सकिनेछ । सुगर कन्ट्रोलको औषधीका रुपमा मेथीको विशेष भूमिका हुन्छ । एक चम्चा मेथीलाई ओखलमा वा मिक्सरमा राखेर एक गिलास पानी लिनुहोस्।
त्यो एक गिलास पानीमा अघि पिसेको मेथीको धुलो राखेर घोल्नुहोस्। यसलाई हरेक दिन बिहान बेलुका नियम नै बनाएर पिउने गर्नुहोस्। मेथी पानी सुगरलाई मात्र नभएर हाडजोर्नी दुख्नेहरुको लागि पनि लाभदायक हुन्छ। यो मेथी पानीलाई तबसम्म नियमित रुपमा पिउनुहोस्, जबसम्म तपाईंको सुगर लेभेल कन्ट्रोल हुँदैन। यसरी लिन थालेको छोटो समयमा नै तपाईको सुगरको लेभल ह्वात्तै घट्नेछ ।
प्रतिक्रिया