नेशनल एकेडेमी समुहले मन्टेश्वरी देखि प्लस टु सम्म संञ्चालन गर्ने

धरान । २०५८ सालबाट प्लस टु संञ्चालन गरिरहको नेशनल एकेडेमी समुहले यसै शैक्षिक सत्रबाट प्रदेश नं. १ मा पहिलो र एकमात्र स्कूलको रुपमा अन्तराट्रिय गुणस्तर चिन्ह आईएसओ प्राप्त गरे पछि मन्टेश्वरी देखि कक्षा १२ सम्म संञ्चालनमा ल्याउने भएको छ । चाडबाडको लगातै संञ्चालनमा आउन लागेको मन्टेश्वरी र संञ्चालन भइरहेको कक्षा ११ र १२ पछि तिहार पछि मन्टेश्वरी देखि कक्षा १२ सम्म संञ्चालन हुन गइरहेको हो । आएसओ मापदण्ड पुरयाउन अन्तिम तयारी गरिरहेको नेशनल एकेडेमीले शिक्षा क्षेत्रमा पुरै परिवर्तन ल्याएको हो । यो समुहले परम्परागत मन्टेश्वरी भन्दा फरक ढंगले सञ्चालन हुने जनाएको छ ।

धरान ११ स्थित विधासागर स्कुल संग मर्ज गर्ने सहमति एमओयुमा हस्ताक्षर गरेपछि उत्त लक्ष्य पुरा भएको हो । मन्टेश्वरी सन्बन्धी गलत बुझाई स्थापित भएकाले पनि आफुहरुले मन्टेश्वरी शुरु गर्न लागेको मन्टेश्वरीका संरक्षक तथा नेशनल एकेडेमीका प्रिन्सिपल श्रीसिसा राईले बताउनु भयो । मन्टेश्वरी आधुनिक शिक्षण विधि भएको र यसलाई आगामी दिनमा कलेजसम्म अभ्यासमा ल्याउने उहाले बताउनु भयो ।

विधार्थीहरुको शारिरीक, मानसिक, संवेगात्मक तथा सामाजिक विकास जस्ता चौतर्फी विकासलाई ध्यान दिई मन्टेश्वरी संञ्चालन हुने समेत उहाले बताउनु भयो । यसका लागि मन्टेश्वरी अभिमुखिकरण तालिम समेत संञ्चालन गर्न लागेको उहाले बताउनु भयो । हाल मन्टेश्वरी देखि कक्षा १२ सम्म धमाधम भर्ना कलेजले लिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित