विपीका पदाधिकारलाई ७२ घण्टाभित्र स्पष्टिकरण दिन निर्देशन

धरान । सुनसुरीको धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारी हटाउन सरकारले तयारी थालेको छ। विभिन्न विवाद र आरोपमा मुछिएका वीपी प्रतिष्ठानका पदाधिकारीहरुलाई कारबाही गर्न गठित स्वास्थ्यमन्त्री विरोध खतिवडा नेतृत्वको टोलीले मंगलबारदेखि छानबिन सुरु गरेको हो।स्वास्थ्यमन्त्री खतिवडाको संयोजकत्वमा बनेको उच्चस्तरीय छानबिन समितिका सदस्यमा सिनेट सदस्य एवं मन्त्रालयका प्रवक्ता डा.रोशन पोखरेल र सिनेट सदस्य एवं धरानका मेयर तिलक राई छन् ।

उच्चस्तरिय छानविन समितिले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरि, शिक्षाध्यक्ष डाक्टर गुरु खनाल र निर्देशक डाक्टर गौरीशंकर शाहलाई छु्ट्टाछुट्टै भेटेर ७२ घण्टाभित्र स्पष्टिकरण दिन निर्देशन दिएको छ । प्रतिष्ठानका पदाधिकारी हटाउनका लागि टोलीले आन्दोलनरत चिकित्सक, कर्मचारी, धरानका राजनितिक दल, नागरिक दबाब सञ्जाल धरानका प्रतिनिधिहरुलाई भेटेर छलफल समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित