विश्वमा आजः अन्तरिक्षमा हिड्ने पहिलो अमेरिकी महिलादेखि ब्रिटीश र आइरिस सेनाबीच युद्ध

आज ११ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वर्पूण घटनाः

नासाको सटल मिसन कार्यक्रम : सन् २००० मा अमेरिकी अन्तरिक्ष निकाय नासाको स्पेस सटल मिसनले आफ्नो १०० औं दिन पुरा गरेको थियो । स्पेस ट्रान्सपोर्टेसन सिस्टम (एसटीएस) समेत भनिने सो कार्यक्रमअन्तर्गत अन्तरिक्ष यानमार्फत मानिसलाई अन्तरिक्षमा पठाइन्छ ।

अन्तरिक्षमा हिड्ने पहिलो अमेरिकी महिला : सन् १९८४ मा अमेरिकी महिला क्याथरायन डिवेर सुलिभान अन्तरिक्षमा साढे तीन घन्टा हिडेकी थिइन् । डिवेरलाई अन्तरिक्ष यात्री डेभिड लिस्टमाले साथ दिएका थिए । स्पेस सटल च्यालेन्जर मिसन एसटीएस–४१ –जीमार्फत उनीहरू अन्तरिक्षमा पुगेका थिए ।

उचाङ क्रान्ति : सन् १९११ मा चीनको वुचाङमा ठूलो क्रान्ति भएको थियो । क्रान्तिपछि क्विङ वंशको अन्त्य हुनुका साथै जनगणतन्त्र चीन स्थापना भएको थियो । यो दिनलाई ताइवानमा महत्वपूर्ण दिवसमा रूपमा मनाइन्छ ।

ब्रिटीश र आइरिस सेनाबीच युद्ध : सन् १८९९ मा ब्रिटीश र आइरिस सेनाबीच तीन वर्ष लामो युद्ध भएको थियो । बोअरमा सुन तथा हिराखानीको स्वामित्वको विषयमा बिबाद उत्पन्न भएपछि दुई देशका सेनाबीच भीषण युद्ध भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित