दशैँतिहारको विदामा पनि विद्यालय सञ्चालन हुने

तेह्रथुम / जिल्लाको मेन्छ्यायेम गाउँपालिकाले दशैँतिहारबीचको बिदामा पनि विद्यालय सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारण शैक्षिक क्षेत्रमा असर पुगेकाले गाउँपालिकामा रहेका विद्यालय सञ्चालन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष दर्जीले बताए ।

मेन्छ्यायेम गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित